फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा सञ्चालन गरिएको ७ दिने उद्घोषण सम्बन्धी तालिम सम्पन्न भएको छ।

वडाका युवायुवतीहरूको क्षमता विकास तथा सार्वजनिक कार्यक्रममा प्रभावकारी रूपमा उद्घोषण गर्न सक्ने दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिम समापन कार्यक्रममा गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजिबहादुर खड्का ले तालिममा सहभागी ४८ जनालाई प्रमाणपत्र वितरण गर्नुभएको थियो।

समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष खड्काले युवाहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा सार्वजनिक प्रस्तुतीकरण सीप विकासका लागि यस्ता तालिमहरू महत्वपूर्ण हुने बताउनुभयो। उहाँले सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतारेर समाज र समुदायको विकासमा योगदान गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो।

 गोकुलगंगा गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष चन्द्र सुनुवार ले वडाका युवायुवतीहरूलाई लक्षित गरी उनीहरूको क्षमता विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँले तालिमबाट सहभागीहरूको आत्मविश्वास वृद्धि हुनुका साथै सार्वजनिक कार्यक्रम सञ्चालन, भाषण कला तथा सञ्चार सीपमा समेत सकारात्मक प्रभाव परेको बताउनुभयो।

सात दिनसम्म सञ्चालन भएको तालिममा उद्घोषणका आधारभूत सिद्धान्त, कार्यक्रम सञ्चालन विधि, सार्वजनिक भाषण कला, स्वर तथा प्रस्तुतीकरण शैली, मञ्च व्यवस्थापन लगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। तालिममा वडा क्षेत्रका ४८ जना युवायुवतीहरूको सहभागिता रहेको थियो। तालिमका  सहभागीहरूले यस्ता सीपमूलक तालिमले युवाहरूको व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

Top of Form

Bottom of Form

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

मरिण गाउँपालिका–७ छापस्थित कपिलाकोट माध्यमिक विद्यालयमा ‘विद्यार्थीसँग जनप्रतिनिधि’ कार्यक्रम सम्पन्न भएको छ। मरिण गाउँपालिकाको आर्थिक सहयोगमा खाँडादेवी मिडिया ग्रुप प्रालिद्वारा आयोजित कार्यक्रममा विद्यार्थीहरूले विद्यालय र स्थानीय समस्याबारे प्रश्न राखेका...

बालकुमारीमा प्रहरीद्वारा गोली प्रहार, तीन लागुऔषध कारोबारी पक्राउ

बालकुमारीमा प्रहरीद्वारा गोली प्रहार, तीन लागुऔषध कारोबारी पक्राउ

ललितपुरको बालकुमारी क्षेत्रमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गरेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले विशेष सूचनाका आधारमा सञ्चालन गरेको अपरेसनका क्रममा संदिग्ध कारोबारीहरूलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनुपरेको हो । विशेष...

रामेछापका स्थानीय तह आगामी वर्षको बजेट निर्माणको अन्तिम तयारीमा

रामेछापका स्थानीय तह आगामी वर्षको बजेट निर्माणको अन्तिम तयारीमा

रामेछाप जिल्लाका आठ वटै स्थानीय तह आगामी आर्थिक वर्ष २०८३८४ को नीति, कार्यक्रम तथा बजेट निर्माणको अन्तिम तयारीमा जुटेका छन् । सङ्घीय र बागमती प्रदेश सरकारले आफ्नो बजेट सार्वजनिक गरिसकेको पृष्ठभूमिमा यहाँका दुई नगरपालिका र छ गाउँपालिका आगामी आवको बजेटलाई पूर्णता दिन...