४७ हजार कर्मचारीका लागि दरखास्त आह्वान

Written by meropradesh creator

१२ माघ २०७७, सोमबार

काठमाडौँ । ४७ हजार कर्मचारीका लागि केन्द्रीय तथ्याङ् विभागले करारमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । विभागले १२ औँ राष्ट्रिय जनगणना २०७८ का लागि गणक तथा सुपरीवेक्षकको दरखास्त आह्वान गरेको हो ।
विभाग द्वारा ३९ हजार गणक तथा ८ हजार सुपरीवेक्षकको माग भएको छ । राष्ट्रिय जनगणना सञ्चालक निर्देशिका २०७७ को दफा १३ बमोजिमको योग्यता पुगेका नेपाली नागरिकले सुपरीवेक्षक तथा गणकको लागि आवेदन दिन सक्ने विभागले जनाएको छ ।
इच्छुक व्यक्तिले ६० दिनभित्र अनलाइन दरखास्त फारम भर्नसक्ने बताइएको छ । सुपरिवेक्षकका लागि स्नातक तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्ने र गणकका लागि प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख छ । आगामी २०७८ जेष्ठ २५ देखि अषाढ ८ गते सम्म १२औं जनगणना हुँदै छ । जनगणनाको नारा ‘मेरो गणना, मेरो सहभागगिता’ रहेको छ ।
दरखास्तका लागि यहाँ क्लिक गर्नुहोस् ः

https://censushrms.cbs.gov.np/

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पत्रकारसँग जनस्वास्थ्य कार्यालयको अन्तरक्रिया

पत्रकारसँग जनस्वास्थ्य कार्यालयको अन्तरक्रिया

मन्थली- कार्यालय रामेछापले चालु आवमा सञ्चालित स्वास्थ्य क्षेत्रका विविध कार्यक्रम र सेवा प्रवाहको अवस्थाबारे जानकारी गराएको छ ।‌ मन्थलीस्थित आइतबार आयोजित ‘पत्रकारसँग अन्तरक्रिया’ कार्यक्रममार्फत कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति तथा उपलब्धि...

बीपी राजमार्ग अवरुद्ध हुँदा यात्रुहरू वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाइँदै

बीपी राजमार्ग अवरुद्ध हुँदा यात्रुहरू वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाइँदै

रामेछाप  — बीपी राजमार्ग विभिन्न स्थानमा क्षति पुगेपछि अहिले सम्म उक्त क्षेत्रमा यातयात अबरूद् छ । आइतबार साँझसम्म पनि सडक पूर्ण रूपमा खुलाउन समस्या हुने प्रहरीले जनाएको छ। अविरल वर्षा र बाढीका कारण बनेका डाइभर्सन बगाउँदा यातायात सञ्चालन प्रभावित बनेको हो। जिल्ला...

पोखरेलद्वारा विवादास्पद व्यवहार र अभिव्यक्तिप्रति क्षमायाचना

पोखरेलद्वारा विवादास्पद व्यवहार र अभिव्यक्तिप्रति क्षमायाचना

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेलले ओखलढुंगामा भएको विवादास्पद व्यवहार र अभिव्यक्तिबारे सार्वजनिक रूपमा क्षमायाचना गर्नुभएको छ। शुक्रबार जारी विज्ञप्तिमा उहाँले सामाजिक सञ्जालमा प्रसारित भिडियोले घटनाको पूर्ण सन्दर्भ नसमेट्दा गलत सन्देश गएको उल्लेख...