मेरो प्रदेशका प्रधान सम्पादक श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित

१६ जेष्ठ २०८३, शनिबार

 

हेटौंडा । गणतन्त्र दिवस २०८३ को अवसरमा बागमती प्रदेश सरकारले पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका मेरो प्रदेश अनलाइनका प्रधान सम्पादक युवराज श्रेष्ठ सहित चार जना पत्रकारलाई सम्मानित गरेको छ।

शुक्रबार हेटौंडामा आयोजित विशेष समारोहमा पत्रकार श्रेष्ठलाई सुशासन पत्रकारिता पुरस्कार–२०८३ प्रदान गरिएको हो। निष्पक्ष, तथ्यपरक र जनचासोका विषयलाई प्राथमिकताका साथ उजागर गर्दै सुशासन प्रवर्द्धनमा पुर्‍याएको योगदानको कदरस्वरूप उहाँलाई उक्त पुरस्कार प्रदान गरिएको जनाइएको छ। श्रेष्ठ फेनिज बागमति प्रदेशका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ रामेछापका केषाध्यक्ष समेत हुनुहुन्छ ।

त्यसैगरी पोष्टराज अधिकारीलाई खोज पत्रकारिता पुरस्कार, सुनिता बिष्ट लाई विकास पत्रकारिता पुरस्कार  तथा रामहरी कार्की लाई प्रदेश संस्थागत विकास पत्रकारिता पुरस्कार  प्रदान गरिएको छ।

पुरस्कृत पत्रकारहरूलाई बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले दोसल्ला, प्रशंसापत्र तथा नगद ५० हजार राशिसहित सम्मान गर्नुभएको थियो।

सम्मानपछि पत्रकार श्रेष्ठले उक्त पुरस्कारलाई पत्रकारिताप्रतिको जिम्मेवारी अझ बढाउने प्रेरणाको रूपमा लिएको बताउनुभयो। उहाँले सत्य, तथ्य र जनसरोकारका विषयलाई निरन्तर उजागर गर्दै उत्तरदायी पत्रकारितामा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

बागमती प्रदेश सरकारले हरेक वर्ष गणतन्त्र दिवसको अवसरमा पत्रकारिता क्षेत्रका उत्कृष्ट पत्रकारहरूलाई सम्मान गर्दै आएको छ।  कार्यक्रम बागमति प्रदेशका मुख्यमन्त्री इन्द्र बाँनियाके अध्यक्षतामा सम्पन्न भएके हे ।

Top of Form

Bottom of Form

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

मन्थलीमा टाटाको योद्धा गाडी दुर्घटना, एक जनाको मृत्यु

मन्थलीमा टाटाको योद्धा गाडी दुर्घटना, एक जनाको मृत्यु

मन्थलीमा टाटाको योद्धा गाडी दुर्घटना, एक जनाको मृत्यु रामेछाप २६ भाद्र । रामेछापको मन्थली नगरपालिका–१ मच्छेडाँडि नजिकै भित्री सडकमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रामेछापबाट मन्थलीतर्फ आउँदै गरेको बा.प्र.०१–०२६ च ४९१३ नम्बरको टाटाको योद्धा...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...