मन्थली- कार्यालय रामेछापले चालु आवमा सञ्चालित स्वास्थ्य क्षेत्रका विविध कार्यक्रम र सेवा प्रवाहको अवस्थाबारे जानकारी गराएको छ । मन्थलीस्थित आइतबार आयोजित ‘पत्रकारसँग अन्तरक्रिया’ कार्यक्रममार्फत कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति तथा उपलब्धि सार्वजनिक गरेको हो ।कार्यक्रममा जनस्वास्थ्य अधिकारी अनिता अधिकारीले रोग तथा महामारी नियन्त्रण, खोप कार्यक्रम, सचेतना कार्यक्रम, बजेट, अनुगमन, समन्वय सहकार्य, चुनौती र अवसर लगायत मुख्य कार्यक्रमहरूको प्रगति विवरण प्रस्तुत गर्नुभयो । यि यस्ता कार्यक्रमहरूबाट हजारौं नागरिक तथा सेवाग्राहीहरू लाभान्वित भएको र थप काम गर्ने ऊर्जा मिलेको बताउनुभयो।कार्यक्रममा जनस्वास्थ्य प्रमुख विभु कुमार झाले पत्रकारसँगको अन्तरक्रियाले सेवा प्रवाह र कार्यक्रम कार्यान्वयनमा सहजता मिल्ने अपेक्षा सहित कार्यक्रममा उब्जेका जिज्ञासाहरूबारे स्पष्ट पार्नुभएको थियो। कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख प्रेमसागर थापा नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपक घिमिरे लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...









