रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं. २ मा आगामी वैशाख १५ गतेदेखि १८ गतेसम्म ‘दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता २०८३’ आयोजना हुने भएको छ। शैलुङ खेलकुद विकास समितिद्वारा आयोजित यस प्रतियोगितामा देशभरका पुरुष भलिबल टोलीहरूले सहभागिता जनाउन सक्नेछन्।
प्रतियोगिताको विजेता टोलीले नगद २ लाख रुपैयाँ सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टोलीले १ लाख, तृतीयले ५० हजार र सान्त्वना स्थान हासिल गर्ने टोलीले ३० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीलाई ५ हजार र अन्य विधागत उत्कृष्ट विधाका खेलाडीहरूलाई जनही ३ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ। इच्छुक टोलीहरूले ७ हजार ५ सय रुपैयाँ दर्ता शुल्क बुझाई आगामी वैशाख १३ गतेभित्र आफ्नो टिम दर्ता गराइसक्नुपर्ने आयोजकले जनाएको छ।









