काँग्रेसको जरा अभियान बैशाख १ देखि सुरु हुने

काठमाडौं । नेपाली काँग्रेसले “उत्साह र विश्वासको नयाँ अभियान” नारासहित “जरा अभियान–२०८३” आगामी बैशाख १ गतेदेखि सुरु गर्ने भएको छ। एक महिना सञ्चालन हुने उक्त अभियानमार्फत पार्टीले राष्ट्रिय सन्दर्भमा आफ्नो सोच र सन्देश प्रवाह गर्नुका साथै स्थानीय तहसम्म संगठन सुदृढीकरण र सक्रिय सदस्यता अध्यावधिक गर्ने लक्ष्य लिएको छ।

पार्टीका पूर्व केन्द्रीय सदस्य तथा “जरा अभियान–२०८३” का रामेछापका लागि केन्द्रीय प्रतिनिधि किरण गिरीका अनुसार अभियानले संगठनको आधारलाई मजबुत बनाउँदै पार्टीमा ताजगी अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास लिइएको छ। फागुन २१ को निर्वाचनपछि प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको काँग्रेसले उक्त अभियानमार्फत आफ्नो जिम्मेवारीलाई अझ सशक्त बनाउने जनाएको छ।

अभियान अन्तर्गत राष्ट्रियता, लोकतन्त्र, संघीयता, नागरिक विश्वास, सामाजिक एकता र पार्टी संगठनको “जरा” सबल बनाउने मुख्य उद्देश्य तय गरिएको छ। राष्ट्रिय हितका सवालमा दलहरूबीच सहकार्य बढाउने, विदेशमा रहेका नेपालीहरूको सुरक्षा र अधिकार सुनिश्चित गर्ने, तथा लोकतान्त्रिक मूल्य–मान्यतालाई सुदृढ बनाउने विषयलाई प्राथमिकतामा राखिएको छ।

त्यस्तै, संघीय संरचनालाई प्रभावकारी बनाउन आवश्यक कानुन निर्माणमा सहकार्य, प्रदेश तथा स्थानीय सरकारको कार्यसम्पादन सुधार, र नागरिक विश्वास अभिवृद्धि गर्न राज्य, दल र निजी क्षेत्रबीच सहकार्य विस्तार गर्ने योजना रहेको छ।

सामाजिक एकता सुदृढीकरणका लागि जातीय, वर्गीय, धार्मिक तथा सांस्कृतिक समुदायबीच सद्भाव बढाउने र विभेद तथा विकृतिको नियन्त्रणमा जोड दिइने बताइएको छ। साथै, पार्टीभित्र संवाद र सहकार्य बढाउँदै विभिन्न कारणले टाढिएका नेता–कार्यकर्तालाई पुनः पार्टीमा फर्काउन आह्वान गरिनेछ।

अभियानमार्फत केन्द्रदेखि स्थानीय तहसम्म संगठनात्मक गतिविधि सुदृढ गर्ने र भातृ तथा शुभेच्छुक संस्थाहरूको प्रभावकारिता अभिवृद्धि गर्ने लक्ष्य समेत राखिएको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...