काठमाडौँ- बाढी पहिरोका कारण क्षतिग्रस्त बिपि राजमार्गको विभिन्न खण्डमा भईरहेका निर्माण र यसको प्रगतिवारे गृहमन्त्री सुदन गुरुङले जानकारी लिनुभयो । बर्षा शुरु हुनु अगावै सडकको मर्मत सुधार गर्न सम्वद्ध अधिकारीलाई मन्त्री गुरुङले आग्रह गर्नुभयो ।
राजमार्ग आसपासमा संचालित क्रसर उद्योगहरुको वारेमा जानकारी लिदै मन्त्री गुरुङले अवैध रुपमा संचालन भएको पाइए कारवाही गरिने चेतावनी समेत दिनुभयो ।









