रामहरि ढुंगेलको स्मृति दिवसमा कार्यक्रम

काठमाडौं   – नेपाली काँग्रेसका नेता स्व. रामहरि ढुंगेलको नवौं स्मृति दिवस मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच सम्पन्न भएको छ।

रामहरि ढुंगेल स्मृति प्रतिष्ठानका अध्यक्ष अश्विन ढुंगेलको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य बिनिता खड्रका, नेपाली काँग्रेस रामेछापका पूर्व सभापति तथा हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रामेछापका उम्मेदवार रामचन्द्र खड्का, महाधिवेशन प्रतिनिधि भरत प्रसाद चौलागाईं, रत्नहरी ढुंगेल, रामकुमारी डाँगी तथा रामेछाप जिल्लास्तरीय नेता झनक श्रेष्ठ, दिपेन्द्र खड्का, रामकृष्ण ढुंगेल, काजी बहादुर खड्का ‘दिनेश’ लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै काँग्रेस केन्द्रिय सदस्य बिनिता खड्काले रामहरि ढुंगेलको योगदानको स्मरण गर्दै उहाँलाई निष्ठावान, इमानदार र सिद्धान्तमा अडिग राजनीतिक व्यक्तित्वका रूपमा प्रशंसा गर्नुभयो। यसैगरी नेपाली काँग्रेस रामेछापका पूर्व सभापति रामचन्द्र खड्रकाले स्व. ढुंगेलबाट सवैले निष्ठाके राजनिति सिक्नु पर्ने बताउनु भये ।

 २०५७ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको मन्त्रिपरिषद्मा कृषि सहायक मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका ढुंगेल नेपाली काँग्रेस रामेछापका पूर्व जिल्ला सभापति समेत हुनुहुन्थ्यो। उहाँ विद्यार्थी जीवनदेखि नै विचार, सिद्धान्त र आदर्शमा अडिग रहँदै निष्ठापूर्वक राजनीति गर्दै आउनुभएको थियो।

कार्यक्रममा सहभागीहरूले उहाँको तस्वीरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए। वक्ताहरूले ढुंगेलजस्ता निष्ठावान र आदर्शवादी नेताको योगदानलाई भावी पुस्ताले स्मरण गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

अमेरिका र इरानबीच ऐतिहासिक शान्ति सम्झौता

अमेरिका र इरानबीच ऐतिहासिक शान्ति सम्झौता

फारसको खाडी क्षेत्रमा लामो समयदेखि जारी तनाव अन्त्य गर्ने उद्देश्यका साथ संयुक्त राज्य अमेरिका र इरानबीच एक महत्वपूर्ण शान्ति सम्झौता भएको छ। दुवै पक्षले लेबनानसहित सबै मोर्चामा सैन्य गतिविधि तत्काल र स्थायी रूपमा रोक्ने सहमति गरेका छन्। वार्ताको मध्यस्थता गरिरहेका...

बाल्टिमोरमा संगीतकार अविरलमाथि कुटपिट, शल्यक्रियापछि डिस्चार्ज

बाल्टिमोरमा संगीतकार अविरलमाथि कुटपिट, शल्यक्रियापछि डिस्चार्ज

नेपालका चर्चित गायक तथा संगीतकार आशिष अविरलमाथि अमेरिकाको बाल्टिमोरमा नेपाली समयअनुसार शनिबार राति (स्थानीय समय) निर्घात कुटपिट भएको छ। कामको सिलसिलामा उत्पन्न सामान्य विवाद उत्कर्षमा पुग्दा दुई स्थानीय व्यक्तिले उनीमाथि आक्रमण गरेका हुन्। आक्रमणबाट संगीतकार अविरलको...

मन्थली नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषित

मन्थली नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषित

पूर्ण खोप सुरक्षित भविष्यु भन्ने मूल नाराका साथ रामेछापको मन्थली नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषित भएको छ। सरकारको निर्देशिका बमोजिम १६ देखि ५९ महिनासम्मका सबै बालबालिकाहरूलाई १५ महिनाको उमेरभित्रै पाउनुपर्ने सम्पूर्ण खोप दिलाएर प्रक्रिया पूरा गरेपछि...