नेपाली कांग्रेस रामेछापका पूर्व सभापति एवं प्रतिनिधि सभा निर्वाचनका प्रत्यासी रामचन्द्र खड्काले पार्टी सभापति गगन थापालाई तत्कालै राजीनामा नदिन आग्रह गर्नु भएको छ ।
मङ्गलबार मन्थलीमा पत्रकार सम्मेलन गर्दै नेता खड्काले निर्वाचन परिणाम प्रतिकुल आएका बेला अहिले नै राजीनामा दिनु उपयुक्त नभएको उल्लेख गर्दै राजीनामा नदिन आग्रह गर्नु भएको हो । उहाँका अनुसार राजीनामा नै निकास वा समाधानको बाटो नभएकोले पार्टीलाई वैधानिक र पारदर्शी ढङ्गले अगाडि बढाउनुपर्ने हुन्छ ।
खड्काले पार्टीभित्र हारको कारण खोज्न छानबिन आयोग गठन गर्नुपर्ने र नयाँ र काम गर्ने इच्छा शक्ति भएकाहरूलाई नेतृत्वमा ल्याउनुपर्ने धारणा व्यक्त गर्नुभयो।
उहाँले महामन्त्री थापाको सचिवालयमार्फत आफूले ’तपाईंले राजीनामा दिन पाउनुहुन्न’ भन्ने सन्देश पठाएको जानकारी दिँदै पार्टीलाई बीच बाटोमा छोड्नुभन्दा समस्याको निवारण गरेर अघि बढ्न सुझाव दिनुभयो। नेतृत्व हस्तान्तरण गर्ने नै भए पनि त्यो वैधानिक प्रक्रियाबाट हुनुपर्ने भन्दै उहाँले हारको वास्तविक कारण पत्ता नलगाई पन्छिनुले पार्टीलाई क्षति पुग्ने उल्लेख गर्नुभयो।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...









