रामेछापमा प्रतिनिधिसभा सदस्य चयनका लागि बिहीबार भएको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। एक मात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा बिहान ७ बजेदेखि सुरु भएको मतदान निर्धारित समयअनुसार बेलुकी ५ बजे सकिएको हो। जिल्ला निर्वाचन अधिकारी नारायण लामिछानेका अनुसार अधिकांश केन्द्रहरूमा मतदान सकिएसँगै अहिले कर्मचारी र सुरक्षाकर्मीको रोहबरमा मुचुल्का तयार पारी मतपेटिकाहरू सुरक्षित रूपमा मतगणना स्थल मन्थली ल्याउने तयारी भइरहेको छ। मन्थलीमा सबै मतपेटिकाहरू संकलन भइसकेपछि राजनीतिक दलहरूसँग सर्वदलीय छलफल गरिने र त्यसलगत्तै मतगणनाको प्रक्रिया सुरु गरिने जानकारी समेत उहाँले दिनुभयो।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...









