९६ मतदान स्थलमा सुरक्षा सतर्कता बढाइयो, ४१ अति संवेदनशील क्षेत्रमा विशेष निगरानी

रामेछाप । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले रामेछापका ९६ वटै मतदान स्थलमा सुरक्षा सतर्कता बढाइएको छ । तीमध्ये ४१ मतदान स्थललाई अति संवेदनशील सूचीमा राखी विशेष निगरानी व्यवस्था गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

जिल्ला सुरक्षा समितिका अनुसार ३५ मतदान स्थल संवेदनशील र २० सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ । वर्गीकरणका आधारमा सुरक्षाकर्मी परिचालन, गस्ती, निगरानी र आवश्यक उपकरण व्यवस्थापन गरिएको छ ।

निर्वाचनको पूर्वसन्ध्यामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त सुरक्षा अभ्यास गर्दै मतदान अघिदेखि मतपेटिका गणनास्थलसम्म सुरक्षित ढुवानी गर्ने कार्ययोजनाको पूर्व अभ्यास सम्पन्न गरेका छन् । तीन तहको सुरक्षा घेराबाट निर्वाचनलाई शान्तिपूर्ण र विश्वसनीय बनाउने तयारी पूरा भइसकेको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताएका छन् ।

हाल जिल्लाभर मोबाइल गस्तीलाई तीव्र पारिएको छ भने मतदान स्थल वरपर अनावश्यक भीडभाड हुन नदिन कडा निगरानी राखिएको छ । जिल्ला सुरक्षा समितिका अनुसार यस निर्वाचनका लागि झन्डै १ हजार नेपाली सेना, ६ सय ८० नेपाल प्रहरी र १ हजार ४२९ जना निर्वाचन प्रहरी परिचालन गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार रामेछापमा १ लाख ८७ हजार ९५२ मतदाता रहेका छन् भने २ हजार ४२२ अस्थायी मतदाता छन् । निर्वाचनमा तीन स्वतन्त्रसहित १४ राजनीतिक दलका १७ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...