रामेछापमा कांग्रेस उम्मेदवार खड्कालाई प्रलोपाले सहयोग गर्ने सहमति

रामेछाप । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रामेछापमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र खड्का लाई प्रगतिशील लोकतान्त्रिक पार्टीले सहयोग गर्ने औपचारिक सहमति भएको छ । लोकतान्त्रिक शक्तिहरूबीच भएको समझदारी अनुसार प्रगतिशील लोकतान्त्रिक पार्टीले रामेछापमा कांग्रेस उम्मेदवार खड्कालाई समर्थन गर्दै चुनावी सहकार्य गर्ने निर्णय गरेको हो ।

देश गहिरो राजनीतिक संकट, भ्रष्टाचार, नातावाद, बेरोजगारी र राजनीतिक विकृति–विसंगतिबाट गुज्रिरहेको निष्कर्षसहित लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याउँदै दुवै दलबीच सहमति भएको सहमति पत्रमा उल्लेख छ । यही समझदारीका आधारमा रामेछापमा प्रगतिशील लोकतान्त्रिक पार्टीले आफ्ना प्रत्यक्ष उम्मेदवारलाई निष्क्रिय राखी कांग्रेसका उम्मेदवार रामचन्द्र खड्कालाई जिताउन सक्रिय भूमिका खेल्ने निर्णय गरेको हो ।

सहमति अनुसार प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता–कार्यकर्तालाई कांग्रेस उम्मेदवार खड्काको पक्षमा चुनाव चिन्ह ‘रुख’मा मतदान गर्न आह्वान गरिनेछ । यसलाई रामेछापमा लोकतान्त्रिक शक्तिको साझा उम्मेदवारका रूपमा खड्कालाई अघि सारिएको राजनीतिक सन्देशका रूपमा लिइएको छ ।

समानुपातिक मतका हकमा भने दुवै दलले आ–आफ्नो पार्टीको चुनाव चिन्हमा मतदान गर्ने सहमति गरेका छन् । यसले एकातर्फ कांग्रेस उम्मेदवारलाई प्रत्यक्षतर्फ मजबुत बनाउने र अर्कोतर्फ पार्टीगत अस्तित्वलाई पनि कायम राख्ने रणनीति अपनाइएको देखिन्छ ।

सहमति पत्रमा प्रगतिशील लोकतान्त्रिक पार्टीका इन्चार्ज कोमल मगर र संयोजक भिमराज चौलागाईं तथा नेपाली कांग्रेसका तर्फबाट उपसभापति लेख बहादुर कार्कीले हस्ताक्षर गरेका छन् ।

राजनीतिक वृत्तमा यो सहकार्यलाई रामेछापमा कांग्रेस उम्मेदवार रामचन्द्र खड्काको चुनावी आधार थप बलियो बनाउने निर्णायक कदमका रूपमा हेरिएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी

काठमाडौं । नेपालका दुई नदीको संगम क्षेत्रमा ठूलो ताल बनेपछि त्यसको पानी बाहिरिएर बाढीको जोखिम बढेको छ । चीनको जलस्रोत मन्त्रालयले ताल फुट्ने जोखिम उच्च रहेको भन्दै आगामी तीन दिनलाई विशेष सतर्कताको अवधि मानेर निगरानी बढाएको जनाएको छ । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल...

बाढी प्रभावित रसुवाबाट ४५ विदेशीसहित ३३६ जनाको उद्धार, ४ हजार सैनिक परिचालित

बाढी प्रभावित रसुवाबाट ४५ विदेशीसहित ३३६ जनाको उद्धार, ४ हजार सैनिक परिचालित

रसुवा । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रबाट नेपाली सेनाले ४५ जना विदेशी नागरिकसहित ३३६ जनाको हवाई उद्धार गरेको छ । नेपाली सेनाका अनुसार बिहीबार बिहानदेखि १२ः३० बजेसम्म टिमुरे, धुन्चे र मैलुङ क्षेत्रबाट हेलिकप्टरमार्फत ३३६ जनाको सफल उद्धार गरिएको हो ।...

बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो, सुरक्षाकर्मी उद्धार र खोजीमा सक्रिय

बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो, सुरक्षाकर्मी उद्धार र खोजीमा सक्रिय

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या २७० पुगेको छ । बिहीबार दिउँसो १ः३० बजेसम्म विभिन्न जिल्लामा बाढीका कारण मृत्यु भएका २७० जनाको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा १०८,...