रामेछापमा मतदाता शिक्षा कार्यक्रम सम्पन्न, बदर मत घट्ने अपेक्षा

जिल्ला निर्वाचन कार्यालय रामेछापले सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ। फागुन ३ गतेदेखि जिल्लाका ६४ वटै वडामा घरघरमा कर्मचारी खटाई सञ्चालन गरिएको कार्यक्रम सोमबार सम्पन्न भएको हो।

कार्यालयका प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी नारायण लामीछानेका अनुसार २०७९ सालमा सम्पन्न निर्वाचनमा रामेछाप जिल्लामा औसत ५ दशमलव ३८ प्रतिशत बदर मत परेको थियो। यस पटक भने प्रभावकारी मतदाता शिक्षाका कारण बदर मत घट्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो।

कार्यक्रमअन्तर्गत महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायत सबै वर्गका मतदातालाई लक्षित गरी सही मतदान प्रक्रिया, मतपत्र जाँच गर्ने तरिका, स्वस्तिक छाप प्रयोग विधि तथा बदर मत हुन नदिन अपनाउनुपर्ने सावधानीबारे जानकारी दिइएको कार्यालयले जनाएको छ।

प्रभावकारी मतदाता शिक्षामार्फत बदर मत घटाई निर्वाचनलाई थप विश्वसनीय र प्रभावकारी बनाउने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाँदर धपाउने क्रममा लडेर किसान घाइते, उपद्रो बढ्दा गाउँले चिन्तित

बाँदर धपाउने क्रममा लडेर किसान घाइते, उपद्रो बढ्दा गाउँले चिन्तित

रामेछापको मन्थली नगरपालिका–८ चिसापानीमा सोमबार बिहान खेतबारीमा आएको बाँदर धपाउने क्रममा लडेर स्थानीय किसान ठेटबहादुर ढुङ्गेल गम्भीर घाइते हुनुभएको छ। उहाँलाई मन्थली अस्पतालमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल पठाइएको छ। चिसापानी र...

अमेरिका र इरानबीच ऐतिहासिक शान्ति सम्झौता

अमेरिका र इरानबीच ऐतिहासिक शान्ति सम्झौता

फारसको खाडी क्षेत्रमा लामो समयदेखि जारी तनाव अन्त्य गर्ने उद्देश्यका साथ संयुक्त राज्य अमेरिका र इरानबीच एक महत्वपूर्ण शान्ति सम्झौता भएको छ। दुवै पक्षले लेबनानसहित सबै मोर्चामा सैन्य गतिविधि तत्काल र स्थायी रूपमा रोक्ने सहमति गरेका छन्। वार्ताको मध्यस्थता गरिरहेका...

बाल्टिमोरमा संगीतकार अविरलमाथि कुटपिट, शल्यक्रियापछि डिस्चार्ज

बाल्टिमोरमा संगीतकार अविरलमाथि कुटपिट, शल्यक्रियापछि डिस्चार्ज

नेपालका चर्चित गायक तथा संगीतकार आशिष अविरलमाथि अमेरिकाको बाल्टिमोरमा नेपाली समयअनुसार शनिबार राति (स्थानीय समय) निर्घात कुटपिट भएको छ। कामको सिलसिलामा उत्पन्न सामान्य विवाद उत्कर्षमा पुग्दा दुई स्थानीय व्यक्तिले उनीमाथि आक्रमण गरेका हुन्। आक्रमणबाट संगीतकार अविरलको...