आसन्न प्रतिनिधिसभा निर्वाचनमा उज्यालो नेपाल पार्टी, रामेछापले नेपाल कम्युनिष्ट पार्टीलाई सहयोग गर्ने भनी फैलिएको हल्ला पूर्णतः निराधार र भ्रामक रहेको सो पार्टीले जनाएको छ।पार्टीले प्रेस विज्ञप्ति जारी गर्दै कुनै पनि दलसँग गोप्य वा औपचारिक चुनावी तालमेल नभएको स्पष्ट पारेको हो। उम्मेदवार दीप ब. योञ्जन, प्रवक्ता राज मैनाली र चुनाव प्रचार संयोजक रामकृष्ण लामाद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस्ता कपोलकल्पित समाचारको पछि नलाग्न र उज्यालो नेपाल पार्टीकै पक्षमा मतदान गर्न मतदातालाई अपिल गरिएको छ।साथै, पार्टीले यस्ता अफवाह र भ्रमको खेती गर्ने कार्य तत्काल बन्द गरी निर्वाचन आचारसंहिताको पालना गर्न सम्बन्धित पक्षलाई सचेत गराएको छ।










