गाउँ फर्किँदै रामेछापका मतदाता

रामेछापमा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बाहिरी जिल्लामा रहेका मतदाता गाउँ फर्किन थालेका छन् । जेन्जी आन्दोलनपछि हुन लागेको यो निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरी सक्षम उम्मेदवार जिताउन मतदाताहरु गाउँ फर्किन थालेका हुन् ।
काठमाडौँमा काम गर्दै आएका उज्वल तामाङ मतदानका लागि नामाडी फर्किने तयारीमा छन्। उनले यसअघि जितेर गएकाले काम नगरेकै कारण जेन्जी आन्दोलन गर्नु पर्ने बताउँदै अबको निर्वाचनपछि त्यस्तो अवस्था आउन नदिन योग्य, विकासप्रेमी र जनपक्षीय उम्मेदवार छानेर भोट हाल्ने बताए।
नामाडीकै छिरिङ तामाङ पनि सचेत मतदाताको रूपमा मतदान गर्न गाउँ आउँदै छन्। उनको माग रोजगारीका लागि सहर वा विदेश जानुपर्ने अवस्था अन्त्य हुनुपर्ने छ ।
काठमाडौँमै काम गर्ने रमण श्रेष्ठ पनि गाउँ फर्किने तयारीमा छन्। अघिल्ला नेताबाट अपेक्षित परिवर्तन नआए पनि मतदान आफ्नो अधिकार र अवसर भएकाले सहभागी हुन लागेको उनले बताए। उनको पनि युवालाई गाउँमै रोजगारी र शिक्षा उपलब्ध गराउनुपर्ने माग छ।
उनीहरु जस्तै धेरै जना अहिले मतदानका लागि गाउँ फर्किने तयारीमा छन्। तर यातायातको सुविधा सहजै प्राप्त गर्न गाह्रो भएको गुनासो पनि छ । कतिपय राजनीतिक दलहरूले गाडीको व्यवस्था समेत गरेका छन् । तर ठूलो संख्यामा मतदाता बाहिर रहेकाले सबैलाई उक्त व्यवस्था असम्भव देखिएको सरोकारवाला बताउछन् ।
मतदाताहरु गाउँ फर्किन थालेसँगै जिल्लाका नाकामा सुरक्षा कडा बनाउन थालिएको छ । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले मतदाता गाउँ फर्किने क्रम बढेको र सवारी साधनमा निगरानी कडाइ गरिएको जानकारी दिए।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...