रामेछाप उद्योग वाणिज्य संघको १५ औँ वार्षिक साधारण सभा र नबौँ जिल्ला अधिवेशन आगामी महिनामा हुने भएको छ । संघले बुधबार एक सूचना जारी गर्दै कार्यक्रमको मिति तय गरिएको जानकरी दिएको हो । सूचना अनुसार फागुन १२ गते बसेको संघको बैठकको निर्णयअनुसार साधारण सभा चैत १९ गते र अधिवेशन चैत २० गते मन्थलीमा आयोजना गरिनेछ । सो कार्यक्रममा संघका साधारण सदस्य, आजीवन सदस्य, एसोसिएट्स सदस्य तथा वस्तुगत सदस्यहरूलाई उपस्थितिका लागि सूचना मार्फत् आह्वान गरिएको छ ।त्यसैगरी, चैत २० गते हुने जिल्ला अधिवेशनअन्तर्गत निर्वाचनसम्बन्धी कार्यतालिका संघद्वारा गठित निर्वाचन समितिले पछि प्रकाशन गरिने संघ महासचिव कुमार श्रेष्ठले जानकारी दिए ।










