१५ जनाको ज्यान गएको घटनामा सरकार संवेदनहीन बन्यो’ : लिखु तामाकोशी गाउँपालिकाद्वारा असन्तुष्टि व्यक्त

१२ फाल्गुन २०८२, मंगलवार

लिखु तामाकोशी गाउँपालिकाले गत माघ २७ गते रामेछापको मन्थलीमा भएको भयानक बस दुर्घटनाप्रति संघीय सरकार संवेदनशील नभएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ।

गाउँपालिकाले प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रालयलाई एक ध्यानाकर्षण पत्र बुझाउँदै मृतकका परिवारलाई क्षतिपूर्ति र घटनाको निष्पक्ष छानबिनको माग गरेको हो।गाउँपालिकाका अध्यक्ष केशव महत र उपाध्यक्ष दिपा पाख्रिनद्वारा हस्ताक्षरित पत्रमा हालै फागुन ११ गते धादिङको बेनीघाट रोराङमा भएको बस दुर्घटना (१९ जनाको मृत्यु) पछि गृहमन्त्रीको अध्यक्षतामा छानबिन समिति गठन गरिएकोमा सरकारलाई धन्यवाद दिइएको छ। तर, सोही प्रकृतिको रामेछाप दुर्घटनामा भने सरकारले पूर्ण रुपमा बेवास्ता गरेको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ।गत माघ २७ गते काठमाडौंबाट खुर्कोट-मन्थली हुँदै ओखलढुंगातर्फ जाँदै गरेको पूर्व अरनिको यातायात प्रा.लि. को बा.प्र ०१-०५ ख ९९७५ नम्बरको बस मन्थली नगरपालिका-६ बेनीघाट पुल नजिकै तामाकोशी नदीमा खस्दा दुर्घटना भएको थियो। उक्त दुर्घटनामा परी १२ जनाको घटनास्थलमै र थप ३ जनाको शव पछि फेला परेको गरी कुल १५ जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए।

दुर्घटनाको भोलिपल्टै माघ २८ गते जिल्ला सुरक्षा समिति, राजनीतिक दल, जनप्रतिनिधि, पत्रकार र नागरिक समाजसहितको बैठकले प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयलाई घटनाबारे आधिकारिक जानकारी गराएको थियो। तर, हालसम्म पनि सरकारले उक्त घटनालाई लिएर कुनै छानबिन समिति नबनाएको र क्षतिपूर्तिको पहल नगरेकोप्रति गाउँपालिकाले आपत्ति जनाएको छ।

उक्त घटनापछि नेपाल सरकार संवेदनशील नभएको विषयप्रति यस लिखु तामाकोशी गाउँपालिका गम्भीर ध्यानाकर्षण गराउँदछ,” पत्रमा भनिएको छ। गाउँपालिकाले घटनाको निष्पक्ष छानबिन गरी मृतक तथा घाइते परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न नेपाल सरकारसँग जोडदार माग गरेको छ।यसैगरी, दुर्घटनापछि यस क्षेत्रमा पूर्व अरनिको यातायातको सेवा बन्द हुँदा नागरिकलाई यातायातमा असहज परिस्थिति सिर्जना भएको गाउँपालिकाले जनाएको छ। यातायात सेवालाई थप व्यवस्थित र सुरक्षित बनाई सुचारु गर्न सरकार एवं सम्बन्धित सबै पक्षलाई सकारात्मक भूमिका निर्वाह गर्न समेत गाउँपालिकाले आग्रह गरेको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी

काठमाडौं । नेपालका दुई नदीको संगम क्षेत्रमा ठूलो ताल बनेपछि त्यसको पानी बाहिरिएर बाढीको जोखिम बढेको छ । चीनको जलस्रोत मन्त्रालयले ताल फुट्ने जोखिम उच्च रहेको भन्दै आगामी तीन दिनलाई विशेष सतर्कताको अवधि मानेर निगरानी बढाएको जनाएको छ । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल...

बाढी प्रभावित रसुवाबाट ४५ विदेशीसहित ३३६ जनाको उद्धार, ४ हजार सैनिक परिचालित

बाढी प्रभावित रसुवाबाट ४५ विदेशीसहित ३३६ जनाको उद्धार, ४ हजार सैनिक परिचालित

रसुवा । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रबाट नेपाली सेनाले ४५ जना विदेशी नागरिकसहित ३३६ जनाको हवाई उद्धार गरेको छ । नेपाली सेनाका अनुसार बिहीबार बिहानदेखि १२ः३० बजेसम्म टिमुरे, धुन्चे र मैलुङ क्षेत्रबाट हेलिकप्टरमार्फत ३३६ जनाको सफल उद्धार गरिएको हो ।...

बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो, सुरक्षाकर्मी उद्धार र खोजीमा सक्रिय

बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो, सुरक्षाकर्मी उद्धार र खोजीमा सक्रिय

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या २७० पुगेको छ । बिहीबार दिउँसो १ः३० बजेसम्म विभिन्न जिल्लामा बाढीका कारण मृत्यु भएका २७० जनाको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा १०८,...