अरनिको यातायात बन्द हुँदा रामेछापका ग्रामीण भेगका बासिन्दा मारमा

रामेछाप । काठमाडौँ–खुर्कोट हुँदै मन्थली आउने–जाने बस सेवा बन्द भएपछि रामेछापका ग्रामीण भेगका बासिन्दा गम्भीर समस्यामा परेका छन्। मन्थली नगरपालिका–६ मा भएको यात्रुवाहक बस दुर्घटनापछि नेपाल अरनिको यातायात सेवा प्रालिले फागुन १ गतेदेखि बस सेवा रोकेसँगै जिल्लाको दैनिकी नै प्रभावित बनेको हो।

माघ २७ गते मन्थली नगरपालिका–६ लिलौटीमा काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.प्र. ००१–०५ ख ९९७५ नम्बरको बस तामाकोशी नदीमा खस्दा घटनास्थलमै १२ जनाको ज्यान गएको थियो भने ३ जना बेपत्ता भएका थिए। दुर्घटनामा ८ जना घाइते भएका थिए। पछि बेपत्ता तीनै जनाको शव फेला परेको जानकारी जिल्ला प्रहरी कार्यालय रामेछापले दिएको थियो।

दुर्घटनापछि पीडित पक्ष र जिल्ला प्रशासनबीच माघ २८ गते मध्यरातसम्म चलेको वार्ताबाट सहमति भए पनि मृतकका आफन्तले विभिन्न स्थानमा बस अवरोध गरेपछि अरनिको यातायातले बस सेवा पूर्ण रूपमा बन्द गरेको हो। सेवा बन्द भएपछि मन्थली हुँदै जिल्लाका ग्रामीण क्षेत्र, साथै दोलखा र ओखलढुंगातर्फ यात्रा गर्ने नागरिकहरू यातायात सुविधाबाट वञ्चितजस्तै बनेका छन्।

लिखुतामाकोशी गाउँपालिका–५ की सुमित्रा लामा बस सेवा बन्द हुँदा भोग्नुपरेको समस्याबारे भन्छिन्, “झन्डै एक हप्तादेखि गाउँ जाने बस चलेको छैन। बाबु मन्थलीमा पढ्न बसेको छ, भेट्न आएँ, तर फर्किने बस नचल्दा मन्थलीमै रोकिएको छु।” अधिकांश गाउँसम्म पुग्ने नियमित बस अरनिकै भएकाले सेवा बन्द हुँदा जनजीवन थप कष्टकर बनेको उनको गुनासो छ।

अरनिको यातायातका बस नचल्दा दैनिक करिब ७० भन्दा बढी बस आवतजावत हुने काठमाडौँ–रामेछाप रुट सुनसान बनेको छ। बस सेवा सञ्चालनबारे केन्द्रबाट कुनै निर्देशन नआएको अरनिको यातायातका रामेछाप जिल्ला इन्चार्ज सुवास फुयाँलले बताए। “अहिले रामेछापमा अरनिको बस सेवा पूर्ण रूपमा ठप्प छ। केन्द्रबाट कुनै जानकारी आएको छैन,” उनले भने। स्थानीय प्रशासनले अझै पूर्ण सुरक्षित वातावरण बनाउन नसकेको व्यवसायीहरूको गुनासो पनि उनले सुनाए।

यातायात सेवा ठप्प हुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको भन्दै नेपाल पत्रकार महासंघ, रामेछाप उद्योग वाणिज्य संघ, गैसस महासंघलगायत संघसंस्थाले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका छन्। नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपकुमार घिमिरेका अनुसार लामो समयदेखि बस सेवा बन्द हुँदा आमनागरिकको दैनिकी प्रभावित भएकाले प्रमुख जिल्ला अधिकारीसमक्ष समस्या समाधानको माग गरिएको हो।

यसबीच प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जिल्लामा बस सञ्चालनका लागि सुरक्षाको कुनै समस्या नरहेको दाबी गर्दै सरोकारवाला निकायसँग छलफल भइरहेकाले समस्या चाँडै समाधान हुने बताएका छन्। तर पर्याप्त सार्वजनिक यातायात नचलिरहेको मौका छोपेर केही सवारी साधनले तोकिएकोभन्दा बढी भाडा असुल्न थालेको यात्रुहरूको गुनासो छ।

बस सेवा कहिले सञ्चालनमा आउँछ भन्ने अन्योल कायमै रहँदा ग्रामीण भेगका बासिन्दा, विद्यार्थी, बिरामी र मजदुरहरू सबैभन्दा बढी मारमा परेका छन्। सर्वसाधारणले यथाशीघ्र नियमित बस सेवा सञ्चालन गर्न सरोकारवाला निकायसँग माग गरेका छन्।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी

काठमाडौं । नेपालका दुई नदीको संगम क्षेत्रमा ठूलो ताल बनेपछि त्यसको पानी बाहिरिएर बाढीको जोखिम बढेको छ । चीनको जलस्रोत मन्त्रालयले ताल फुट्ने जोखिम उच्च रहेको भन्दै आगामी तीन दिनलाई विशेष सतर्कताको अवधि मानेर निगरानी बढाएको जनाएको छ । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल...

बाढी प्रभावित रसुवाबाट ४५ विदेशीसहित ३३६ जनाको उद्धार, ४ हजार सैनिक परिचालित

बाढी प्रभावित रसुवाबाट ४५ विदेशीसहित ३३६ जनाको उद्धार, ४ हजार सैनिक परिचालित

रसुवा । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रबाट नेपाली सेनाले ४५ जना विदेशी नागरिकसहित ३३६ जनाको हवाई उद्धार गरेको छ । नेपाली सेनाका अनुसार बिहीबार बिहानदेखि १२ः३० बजेसम्म टिमुरे, धुन्चे र मैलुङ क्षेत्रबाट हेलिकप्टरमार्फत ३३६ जनाको सफल उद्धार गरिएको हो ।...

बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो, सुरक्षाकर्मी उद्धार र खोजीमा सक्रिय

बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो, सुरक्षाकर्मी उद्धार र खोजीमा सक्रिय

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या २७० पुगेको छ । बिहीबार दिउँसो १ः३० बजेसम्म विभिन्न जिल्लामा बाढीका कारण मृत्यु भएका २७० जनाको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा १०८,...