रामेछापमा निर्वाचन तयारी तीव्र, १ हजार ३७४ कर्मचारी परिचालन हुने

रामेछाप । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा रामेछापमा निर्वाचन तयारी तीव्र रूपमा अघि बढेको छ । जनशक्ति व्यवस्थापनदेखि मतदाता नामावली, सामग्री ढुवानी, तालिम तथा समन्वयका काम अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

आइतबार सदरमुकाम मन्थलीस्थित जिल्ला निर्वाचन कार्यालय रामेछापमा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा जिल्ला निर्वाचन अधिकृत नारायण लामिछानेले समग्र तयारीबारे जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन सञ्चालनका लागि मतदान अधिकृत २३०, सहायक मतदान अधिकृत २३०, सहायक कर्मचारी ६८४ र सहयोगी कर्मचारी १३० गरी कुल १ हजार ३७४ जना कर्मचारी परिचालन गरिनेछ। यसका लागि संघ, प्रदेश र स्थानीय तहका कर्मचारी तथा शिक्षकसमेत समेटेर २ हजार ७४ जनाको विवरण मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाइसकिएको छ । तीमध्येबाट अन्तिम छनोटको प्रक्रिया भइरहेको उहाँले बताउनुभयो ।

निर्वाचन व्यवस्थापनतर्फ समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत अस्थायी मतदाता नामावली सङ्कलनको काम पनि सम्पन्न भइसकेको छ । यस क्रममा जिल्लाभर २ हजार ४२२ जना अस्थायी मतदाता सङ्कलन भएका छन्, जसमा जिल्ला कारागारका ३९ जना मतदाता पनि समावेश छन्। अस्थायी मतदानका लागि निर्वाचन आयोगले जिल्ला कारागार र सघन सहरी तथा भवन निर्माण कार्यालयमा गरी दुईवटा केन्द्र तोकेको जनाइएको छ।

सामग्री व्यवस्थापनका हिसाबले कार्यालयबाट ३७ थरी र आयोगबाट १४ थरी सामग्री प्राप्त भइसकेको छ। मतपत्र भने सोमबार आइपुग्ने तयारी रहेको निर्वाचन अधिकृत लामिछानेले जानकारी दिनुभयो। मतदाता शिक्षाका लागि स्वयंसेवक, अनुगमनकर्ता, समन्वयकर्ता तथा विभिन्न समितिमार्फत सचेतनामूलक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।

मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि फागुन १२ देखि १४ गतेसम्म मन्थली माध्यमिक विद्यालयमा तालिम कार्यक्रम आयोजना गरिएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन, कोष तथा लेखा नियन्त्रक कार्यालय, सुरक्षा निकाय र अन्य सरोकारवाला निकायसँग निरन्तर समन्वय भइरहेको कार्यालयले जनाएको छ।

यस्तै, निर्वाचन खर्चलाई पारदर्शी बनाउन निर्वाचन आयोगको कार्यविधिअनुसार उम्मेदवारले अनिवार्य रूपमा बैंक खाता खोल्नुपर्ने व्यवस्था गरिएको छ। रामेछापका १७ उम्मेदवारमध्ये आइतबारसम्म ११ जनाले खाता खोलेर सिफारिस लिइसकेको जानकारी कार्यालयले दिएको छ।

मतगणना स्थल भने विगतका निर्वाचनझैँ यसपटक पनि मालपोत कार्यालयमै तोकिएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार रामेछापमा १ लाख ८७ हजार ९५२ जना मतदाता रहेका छन्। निर्वाचनका लागि जिल्लाभर ९६ वटा मतदान स्थल र २२८ वटा मतदान केन्द्र निर्धारण गरिएको छ। निर्वाचन मिति नजिकिँदै जाँदा तयारीलाई अझ चुस्त र प्रभावकारी बनाइने कार्यालयको भनाइ छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...