रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरकी ६९ वर्षीया माया रसाइली घरमै खाना पकाउने क्रममा जलेर घाइते भएकी छन्।
फरियामा आगो सल्किँदा उनको कम्मरको भाग जलेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय उमाकुण्डका असई सिताराम सुवेदीका अनुसार घाइते महिलालाई थप उपचारका लागि काठमाडौं लगिएको छ।









