गगन थापाभन्दा देशको नेतृत्व गर्न सक्षम अर्को नेता छैन’: केन्द्रीय सदस्य घिमिरे

गगन थापाभन्दा देशको नेतृत्व गर्न सक्षम अर्को नेता छैन’: केन्द्रीय सदस्य घिमिरे

रामेछाप ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मथुरा प्रसाद घिमिरेले सभापति गगन थापाभन्दा देशको नेतृत्व गर्न सक्षम अर्को नेता नभएको दाबी गरेका छन्। रामेछापमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिमिरेले अनुभव, संगठन क्षमता, दूरदृष्टि र कार्यशैलीका आधारमा थापा नै मुलुकको नेतृत्वका लागि निर्विकल्प रहेको बताएका हुन्।

घिमिरेले सभापति थापाको नेतृत्व र निर्णय क्षमताको प्रभाव तल्लो तहसम्म देखिएको बताउँदै रामेछापमा उम्मेदवार छनोट त्यसैको उत्कृष्ट नमुना भएको उल्लेख गरे। “केन्द्रमा गगन थापाको सबल नेतृत्व र जिल्लामा रामचन्द्र खड्का जस्तो त्यागी उम्मेदवार पाएपछि कांग्रेसमा अभूतपूर्व एकता कायम भएको छ,” उनले भने।

‘खड्कालाई भोट नदिनुपर्ने कुनै कारण छैन’

केन्द्रीय सदस्य घिमिरेले सभापति थापाको नेतृत्वमा टिकट पाएका उम्मेदवार रामचन्द्र खड्काको निष्ठा र इमानदारिताले विपक्षी दलका मतदातालाई समेत आकर्षित गरेको दाबी गरे। खड्काको सादा जीवनशैली र योग्यताले जनविश्वास बढाएको भन्दै उनले चिया पसलदेखि आम चोकसम्म “रामचन्द्र खड्कालाई भोट नदिनुपर्ने कुनै कारण छैन” भन्ने आवाज सुनिन थालेको बताए।

विशेषगरी उम्मेदवार खड्काले गरेको “सांसद बनेर जाँदा र बाहिरिँदा मेरो आर्थिक अवस्था उस्तै रहनेछ, नत्र कारबाही भोग्न तयार छु” भन्ने सार्वजनिक प्रतिबद्धताले मतदातामा गहिरो प्रभाव पारेको घिमिरेको भनाइ छ।

पार्टीमा अभूतपूर्व एकता र जितको विश्वास

घिमिरेले चुनावअघि नै स्थानीय नेता, कार्यकर्ता, व्यवसायी र शुभेच्छुकहरूसँगको निरन्तर संवादले रामेछाप कांग्रेस एक ढिक्का भएको बताए। उनले स्थलगत अवलोकनका क्रममा कार्यकर्तामा देखिएको उत्साहले जित सुनिश्चित गरेको दाबी गरे।

“पार्टीभित्रको बलियो एकता, रामचन्द्र खड्का जस्तो निष्कलंक उम्मेदवार र केन्द्रमा गगन थापाको भरोसायोग्य नेतृत्व नै हाम्रो जितको आधार हो,” घिमिरेले भने, “यसपटक रामेछापमा कांग्रेसले स्पष्ट नतिजा ल्याउनेमा हामी विश्वस्त छौं।”

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...