निर्वाचन तथ्याङ्कले देखायो सर्लाही–४ मा कांग्रेसको स्पष्ट अग्रता

सर्लाही । विगतका निर्वाचन परिणाम र मत तथ्याङ्कको विश्लेषण गर्दा सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसको आधार अझै पनि बलियो देखिएको छ । प्रत्यक्ष, समानुपातिक तथा स्थानीय तहको मतपरिणामले कांग्रेसलाई यहाँ अग्रस्थानमा देखाएको हो ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ कांग्रेसका नागेन्द्रकुमार उम्मेदवार बनेका थिए । उनले १८ हजार २ सय ५३ मत प्राप्त गरेका थिए । यद्यपि स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह २० हजार १७ मतसहित विजयी भए पनि सिंहको राजनीतिक पृष्ठभूमि र अघिल्ला निर्वाचनमा कांग्रेसबाटै विजयी भएको तथ्यले कांग्रेसको मत आधार कमजोर नभएको देखाउँछ ।

सोही निर्वाचनमा माओवादी केन्द्र निकट पृष्ठभूमिका उम्मेदवार मधुमालाकुमारी यादवले १४ हजार ६ सय २२ मत ल्याएकी थिइन् भने जनता समाजवादी पार्टीका उम्मेदवार राकेश मिश्र ५ हजार ८ सय १३ मतमा सीमित भएका थिए । मत विभाजनका कारण कांग्रेस प्रत्यक्षतर्फ पछि परेको विश्लेषण हुने गरेको छ ।

समानुपातिकतर्फको मतपरिणामले भने कांग्रेसलाई स्पष्ट रूपमा पहिलो शक्ति देखाएको छ । कांग्रेसले १६ हजार २८ मत पाउँदा जनमत पार्टीले १२ हजार ५ सय मत ल्याएको थियो । माओवादी केन्द्रले ९ हजार ७ सय र नेकपा (एमाले) ले ९ हजार ४ सय ७१ मत प्राप्त गरेका थिए । यसले दलगत आधारमा कांग्रेसको संगठनात्मक उपस्थिति अझै मजबुत रहेको संकेत गर्छ ।

स्थानीय तहको मत परिणामले पनि यही प्रवृत्ति देखाउँछ । यस क्षेत्रमा सबैभन्दा धेरै वडा नेपाली कांग्रेसले जितेको छ । कांग्रेसले १९ वडा जित्दा माओवादी केन्द्रले १२, एमालेले १०, लोसपाले ८ र जसपाले २ वडा जितेका थिए ।

वडाध्यक्ष उम्मेदवारहरूले प्राप्त गरेको मतसंख्या पनि कांग्रेसकै पक्षमा देखिन्छ । कांग्रेसका वडाध्यक्षहरूले कुल २३ हजार १ सय ४३ मत पाएका थिए । माओवादी केन्द्र १८ हजार ५ सय २४ मतसहित दोस्रो स्थानमा रह्यो । लोसपाले १४ हजार २ सय २७, एमालेले ११ हजार ४ सय ७९ र जसपाले ६ हजार ७ सय ८६ मत पाएका थिए ।

राजनीतिक विश्लेषकहरूका अनुसार प्रत्यक्षतर्फ मत विभाजन भए पनि समग्र मतगणित र संगठनात्मक संरचनाले सर्लाही–४ मा कांग्रेसको स्पष्ट आधार रहेको देखाउँछ । अघिल्ला निर्वाचनका यिनै तथ्याङ्क आगामी प्रतिस्पर्धामा पनि निर्णायक बन्न सक्ने आकलन गरिएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...