रामेछापको विकासका लागि घरदैलो अभियान र उत्पादनमुखी एजेन्डा अघि सार्दै खड्का

रामेछाप, — प्रतिनिधि सभा सदस्यका उम्मेद्वार रामचन्द्र खड्काले ठूला आमसभाभन्दा घरघर पुग्ने अभियानलाई प्राथमिकता दिँदै संयमित, शिष्ट र धैर्यताका साथ निर्वाचनमा जाने बताएका छन् । पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा उनले फर्जी आश्वासन र गलत प्रभाव पार्ने राजनीतिक अभ्यास अस्वीकार गर्दै जनताको मन जित्ने अभियानमा कांग्रेस लागेको स्पष्ट गरे ।खड्काले लोकतन्त्र र संविधान जोगाउन वर्तमान जटिल परिस्थितिमा नेपाली कांग्रेसले नै नेतृत्व लिनुपर्ने आवश्यकता औँल्याए । पार्टी नेतृत्वको निर्देशनअनुसार साना–साना कर्नर मिटिङ, घरदैलो कार्यक्रम र प्रत्यक्ष संवादमार्फत जनतासँग जोडिने रणनीति अपनाइएको उनको भनाइ थियो ।

रामेछाप विकासका प्राथमिक एजेन्डाबारे बोल्दै उनले ‘प्रत्येक घरमा एक धारा’ नाराअन्तर्गत सुरक्षित खानेपानी पुर्‍याउने कार्ययोजना अघि बढाइएको जानकारी दिए । सडक पूर्वाधारतर्फ पाँच वर्षभित्र गाउँपालिका केन्द्रदेखि जिल्ला सदरमुकाम र काठमाडौँ जोड्ने मुख्य सडकलाई व्यवस्थित, पिच तथा ढलान गर्ने लक्ष्य रहेको उनले बताए ।खड्काले विदेश पलायन भएका युवालाई गाउँ फर्काउने उद्देश्यले सामूहिक खेती, आधुनिक कृषि प्रणाली र पशुपालनलाई प्राथमिकतामा राख्ने नीति लिइने बताए । उत्पादन भएको दूध, तरकारी र कृषि उपजको बजारीकरणमा देखिएको समस्यालाई समाधान गर्न बिचौलियाको नियन्त्रण घटाई सरकारी संरक्षणमा वितरण प्रणाली विकास गरिने उल्लेख गरे ।कृषि क्षेत्रमा वास्तविक किसानलाई लक्षित सब्सिडी आवश्यक रहेको उल्लेख गर्दै उनले काम नगर्ने नामधारीभन्दा श्रम गर्ने किसानले प्रत्यक्ष लाभ पाउने व्यवस्था गर्नुपर्ने धारणा राखे । साथै रामेछापको प्राकृतिक सौन्दर्यलाई उपयोग गर्दै पर्यटन विकासमार्फत रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्र सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछाप र दोलखा किसान भन्छन्: बाँदर भगाइदिने उम्मेदवारलाई मात्र भोट दिने

रामेछाप र दोलखा किसान भन्छन्: बाँदर भगाइदिने उम्मेदवारलाई मात्र भोट दिने

बाँदर भगाउने उम्मेद्वारलाई भोट प्रतिनिधि सभाको निर्वाचन नजिकिदैँ गर्दा रामेछाप र दोलखा किसानहरुले बाँदरको समस्या समाधान गर्ने उम्मेदवारलाई मात्र भोट दिने अडान लिएका छन् । वर्षौंदेखि वन्यजन्तुको आतङ्क त्यसमा पनि सबैभन्दा बढी बाँदरको समस्या खेपिरहेका किसानहरुले ‘बाँदर...

निर्वाचन तथ्याङ्कले देखायो सर्लाही–४ मा कांग्रेसको स्पष्ट अग्रता

निर्वाचन तथ्याङ्कले देखायो सर्लाही–४ मा कांग्रेसको स्पष्ट अग्रता

सर्लाही । विगतका निर्वाचन परिणाम र मत तथ्याङ्कको विश्लेषण गर्दा सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसको आधार अझै पनि बलियो देखिएको छ । प्रत्यक्ष, समानुपातिक तथा स्थानीय तहको मतपरिणामले कांग्रेसलाई यहाँ अग्रस्थानमा देखाएको हो । २०७९ सालको प्रतिनिधिसभा...

पुल, सडक र क्याम्पस निर्माण आफ्नो सक्रियतामा भएको श्रेष्ठको दाबी

पुल, सडक र क्याम्पस निर्माण आफ्नो सक्रियतामा भएको श्रेष्ठको दाबी

रामेछाप । प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार श्यामकुमार श्रेष्ठले जिल्लामा भएका पुल, सडक तथा शैक्षिक पूर्वाधार निर्माणका महत्वपूर्ण काम आफ्नो सक्रिय पहल र नेतृत्वमा सम्पन्न भएको दाबी गरेका छन् । पार्टी कार्यालय मन्थलीमा आयोजित विशेष पत्रकार सम्मेलनमा बोल्दै उनले विगतमा...