केब्स स्कुलका ७५ स्काउट विद्यार्थीको जंगल हाइकिङ र डे क्याम्प अभ्यास

रामेछाप । केब्स स्कुल मन्थलीले स्काउटिङ शिक्षाअन्तर्गत कक्षा ६, ७ र ८ का ७५ जना स्काउट विद्यार्थीलाई जंगल हाइकिङ तथा डे क्याम्प अभ्यासमा सहभागी गराएको छ। विद्यालयको वार्षिक कार्यक्रम अनुसार शनिबार मन्थली बजार नजिकै सुकाजोर खोलाको बगर क्षेत्रमा तीन किलोमिटर दूरीको हाइकिङ गराइएको हो।

विद्यालयका प्रिन्सिपल केशव तिमल्सिनाका अनुसार स्काउटिङ शिक्षा विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अनिवार्य अभ्यासका रूपमा हरेक वर्ष सञ्चालन हुँदै आएको छ। कार्यक्रममा विद्यार्थीहरूलाई समूहमा विभाजन गरी गन्तव्य स्थानको पूर्व जानकारी नदिई आफैं बाटो पहिचान गर्दै निर्धारित स्थानमा पुग्नुपर्ने व्यवस्था गरिएको थियो।

हाइकिङमा सहभागी ७५ जना विद्यार्थीलाई ९ समूहमा विभाजन गरिएको थियो। डे क्याम्प अवधिमा प्रत्येक समूहले आवश्यक खानेकुरा आफैं व्यवस्थापन गर्ने, पानी बोक्ने, दाउरा संकलन गर्ने र आगो प्रयोग गरेर खाना पकाउने अभ्यास गरेका थिए। कार्यक्रममा जङ्क फुड पूर्ण रूपमा निषेध गरिएको प्रिन्सिपल तिमल्सिनाले जानकारी दिए।

कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई जंगल हाइक, प्राकृतिक सामग्री संकलन, प्राथमिक स्काउट तालिम तथा ब्लाइन्ड वाकजस्ता अभ्यास गराइएको थियो। ब्लाइन्ड वाक अभ्यासमा विद्यार्थीहरूको आँखामा पट्टी बाँधेर जंगल क्षेत्रमा तानिएको डोरी समात्दै सुरक्षित रूपमा बाटो पहिचान गर्न लगाइएको थियो, जसले आपसी विश्वास र समन्वय क्षमताको विकास गरेको विद्यालयले जनाएको छ।

प्रिन्सिपल तिमल्सिनाका अनुसार कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूमा नेतृत्व, समन्वय र आत्मनिर्भरता विकास गर्नु, व्यावहारिक जीवन सीप सिकाउनु तथा विपद् वा विषम परिस्थितिमा उपलब्ध स्रोतको प्रयोग गरी बाँच्न सक्ने क्षमता अभिवृद्धि गर्नु हो। भाँडा बिना खाना पकाउने जस्ता जीवनोपयोगी सीपहरू पनि यस अभ्यासमार्फत सिकाइने गरिएको छ।

केब्स स्कुलमा २०७१ सालदेखि औपचारिक रूपमा स्काउटिङ कार्यक्रम सञ्चालन हुँदै आएको छ। हाल विद्यालयमा करिब ११० जना विद्यार्थी स्काउटिङमा आवद्ध छन्। रामेछाप जिल्लामा जुनीयर स्काउट कार्यक्रम सञ्चालन गर्ने एकमात्र विद्यालय केब्स स्कुल रहेको विद्यालय प्रशासनको दाबी छ।

विद्यालयले स्काउटिङमार्फत क्याम्पफायर, डे क्याम्प, सामाजिक सरसफाइ, स्वयंसेवा तथा विभिन्न तालिम कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्दै आएको छ। समाजसेवाको भावना भएका अनुशासित र सक्षम नागरिक उत्पादन गर्ने लक्ष्यसहित स्काउटिङ कार्यक्रमलाई निरन्तरता दिइएको विद्यालयले जनाएको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अब चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ । यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा महाधिवेशन गर्ने तयारी गरिएको थियो । रास्वपाका केन्द्रीय सदस्य...

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले ‘सुशासन, प्रविधि र उत्पादन’लाई मुख्य प्राथमिकतामा राख्दै...

बाँदर धपाउने क्रममा लडेर किसान घाइते, उपद्रो बढ्दा गाउँले चिन्तित

बाँदर धपाउने क्रममा लडेर किसान घाइते, उपद्रो बढ्दा गाउँले चिन्तित

रामेछापको मन्थली नगरपालिका–८ चिसापानीमा सोमबार बिहान खेतबारीमा आएको बाँदर धपाउने क्रममा लडेर स्थानीय किसान ठेटबहादुर ढुङ्गेल गम्भीर घाइते हुनुभएको छ। उहाँलाई मन्थली अस्पतालमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल पठाइएको छ। चिसापानी र...