रामेछापलाई एआइ डाटा सेन्टर बनाउने योजना सहित चुनावी मैदानमा ढुङ्गेल, भन्छन् एक पटक अवसर जनताले दिन्छन्

नेकपा (एमाले) रामेछापका प्रतिनिधि सभाका उम्मेद्वार माधव ढुङ्गेलले रामेछापलाई ‘एआइ डाटा सेन्टर’को सम्भावित केन्द्रका रूपमा विकास गर्न सकिने भन्दै यसलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेका छन्।शनिबार मन्थलीमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उम्मेद्वार ढुङ्गेलले रामेछापको मौसम, भौगोलिक अवस्था र ऊर्जा सम्भावनाका कारण एआइ डाटा सेन्टर निर्माणका लागि अनुकूल रहेको दाबी गरे। प्रारम्भिक चरणमा सम्भाव्यता अध्ययन गरेर डिजिटल पूर्वाधार विकासतर्फ अघि बढ्न सकिने उनको भनाइ थियो।उनले सूचना प्रविधि र डिजिटल अर्थतन्त्रलाई रोजगारी सिर्जनाको नयाँ आधारका रूपमा उल्लेख गर्दै एआइ डाटा सेन्टर स्थापनाले जिल्लामा युवा आकर्षण बढ्ने र स्थानीय अर्थतन्त्र चलायमान हुने बताए। जलविद्युतको प्रचुर सम्भावना भएकाले डाटा सेन्टर सञ्चालनका लागि आवश्यक ऊर्जा सहज रूपमा उपलब्ध हुन सक्ने उनको तर्क छ।साथै, कृषि, पर्यटन र जलविद्युतसँगै प्रविधिलाई विकासको नयाँ मेरुदण्ड बनाउने योजना प्रस्तुत गर्दै ढुङ्गेलले संसद्मा रामेछापका विषयलाई गम्भीरताका साथ उठाउने दाबी गरे। आफू पहिलो पटक प्रत्यक्ष रूपमा जनतामाझ जान लागेको उल्लेख गर्दै उनले ‘एक पटक अवसर दिन्छन् भन्ने विश्वास छ’ भने।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

निर्वाचन आचारसंहिता खुला उल्लङ्घन भएको दाबी, रास्वपामाथि तत्काल कारबाही माग

निर्वाचन आचारसंहिता खुला उल्लङ्घन भएको दाबी, रास्वपामाथि तत्काल कारबाही माग

रामेछाप । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आचारसंहिता खुला रूपमा उल्लङ्घन गरेको दाबी गर्दै नेपाली काँग्रेस र नेकपा एमालेले रामेछापका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाको ध्यानाकर्षण गराएका छन्। नेपाली काँग्रेसका सचिव बिनोद कार्की, जिल्ला कार्यसमिति...

आचार संहिता पालना गरिएको रास्वपा रामेछापको स्पष्टोक्ति

आचार संहिता पालना गरिएको रास्वपा रामेछापको स्पष्टोक्ति

आचारसंहिता पालना गर्दै अघि बढेको रास्वपा रामेछापको स्पष्टोक्तिराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रामेछाप जिल्ला समितिले संघीय निर्वाचनको आचारसंहिता पालना गर्दै घरदैलो अभियान सञ्चालन गरिरहेको जनाएको छ। खाँडादेवी गाउँपालिका–३ लाप्कामा स्थानीय खानेपानी समस्याबारे छलफल...

रामेछाप र दोलखा किसान भन्छन्: बाँदर भगाइदिने उम्मेदवारलाई मात्र भोट दिने

रामेछाप र दोलखा किसान भन्छन्: बाँदर भगाइदिने उम्मेदवारलाई मात्र भोट दिने

बाँदर भगाउने उम्मेद्वारलाई भोट प्रतिनिधि सभाको निर्वाचन नजिकिदैँ गर्दा रामेछाप र दोलखा किसानहरुले बाँदरको समस्या समाधान गर्ने उम्मेदवारलाई मात्र भोट दिने अडान लिएका छन् । वर्षौंदेखि वन्यजन्तुको आतङ्क त्यसमा पनि सबैभन्दा बढी बाँदरको समस्या खेपिरहेका किसानहरुले ‘बाँदर...