जिल्ला प्रशासन कार्यालय रामेछापले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण बनाउन इजाजतपत्र प्राप्त सबै प्रकारका हातहतियार बुझाउन निर्देशन दिएको छ।प्रशासनका अनुसार जिल्लाभित्र दर्ता भएका हातहतियार तथा गोलीगठ्ठा माघ २० गतेभित्र नजिकको प्रहरी इकाइ वा जिल्ला प्रहरी कार्यालयमा बुझाउनुपर्नेछ। बुझाउँदा निस्सा/भरपाई लिनु अनिवार्य गरिएको छ।बुझाइएका हातहतियार चैत २० गतेपछि मात्र फिर्ता गरिनेछ। तोकिएको समयभित्र नबुझाए प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...









