पार्टीमा पुनः जोडिन कांग्रेसले असन्तुष्ट नेता–कार्यकर्तालाई बोलायो

काठमाडौं । नेपाली कांग्रेसले पार्टीमा निष्क्रिय रहेका तथा विभिन्न कारणले असन्तुष्ट भई पार्टी छाडेका नेता–कार्यकर्तालाई पुनः पार्टीमा जोडिन आह्वान गरेको छ । निर्वाचन आयोगबाट आधिकारिकता प्राप्त गरेपछि बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको दोस्रो बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि पार्टी प्रवक्ता देवराज चालिसेले पार्टीभित्रको एकता, सहकार्य र संगठन सुदृढीकरणका लागि निष्क्रिय र बाहिरिएका नेता–कार्यकर्तालाई पुनः समेट्ने निर्णय गरिएको जानकारी दिए । उनका अनुसार कांग्रेसलाई आगामी निर्वाचनका चुनौती सामना गर्न सबै पक्षको सहभागिता आवश्यक रहेको बैठकको निष्कर्ष छ ।

प्रवक्ता चालिसेले पार्टीभित्र विगतमा देखिएका असन्तुष्टि र मतभेदलाई संवादका माध्यमबाट समाधान गर्दै अघि बढ्ने नीति लिइएको बताए । पार्टीलाई बलियो बनाउन सबै कांग्रेसजनको योगदान आवश्यक रहेको उल्लेख गर्दै उनले पुनः पार्टीमा फर्केर सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे ।

केन्द्रीय समितिको बैठकले आगामी फागुन २१ गते हुने निर्वाचनमा कांग्रेसलाई विजयी बनाउन देश–विदेशमा रहेका सबै कांग्रेसजनलाई नयाँ ऊर्जा र एकतासहित चुनावी अभियानमा सक्रिय हुन अपिल गर्ने निर्णय पनि गरेको छ । यसका लागि संगठन विस्तार, मतदाता सम्पर्क र चुनावी तयारीलाई तीव्र बनाइने बताइएको छ ।

बैठकले नेपाली कांग्रेसकै नेतृत्वमा मुलुकलाई अघि बढाउने प्रक्रियामा जनताको साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेको प्रवक्ता चालिसेले जानकारी दिए । पार्टीभित्र एकता कायम गर्दै सबै धारलाई समेटेर अघि बढ्नु नै कांग्रेसको मुख्य प्राथमिकता रहेको उनले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

मन्थलीमा टाटाको योद्धा गाडी दुर्घटना, एक जनाको मृत्यु

मन्थलीमा टाटाको योद्धा गाडी दुर्घटना, एक जनाको मृत्यु

मन्थलीमा टाटाको योद्धा गाडी दुर्घटना, एक जनाको मृत्यु रामेछाप २६ भाद्र । रामेछापको मन्थली नगरपालिका–१ मच्छेडाँडि नजिकै भित्री सडकमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रामेछापबाट मन्थलीतर्फ आउँदै गरेको बा.प्र.०१–०२६ च ४९१३ नम्बरको टाटाको योद्धा...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...