विशेष महाधिवेशन परिवर्तनको परिणाम हो : डा. सुनिल शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले विशेष महाधिवेशन पार्टीभित्रको उत्पीडन र परिवर्तनको चाहनाको परिणाम भएको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीभित्र लामो समयदेखि देखिएको असन्तुष्टि, अन्याय र असमान व्यवहारका कारण विशेष महाधिवेशन अपरिहार्य बनेको बताएका हुन् ।

डा. शर्माका अनुसार विगत पाँच वर्षभित्र कांग्रेसभित्र नहुनुपर्ने धेरै गतिविधि भएका थिए । संस्थापनमा नलागेका नेताकार्यकर्तामाथि उत्पीडन भएको, टिकट वितरणमा चलखेल भएको र आन्तरिक लोकतन्त्र कमजोर बनाइएको कारण पार्टीभित्र परिवर्तनको आवाज बलियो बन्दै गएको उनले बताए । यही पृष्ठभूमिमा विशेष महाधिवेशन भएको र त्यसले नयाँ नेतृत्व चयन गरेको उनको भनाइ छ ।

उनले निर्वाचन आयोगबाट आधिकारिकता प्राप्त नयाँ नेतृत्वलाई सबै पक्षले स्वीकार गरेर अघि बढ्नुको विकल्प नरहेको स्पष्ट पारे । नवनिर्वाचित सभापति गगन थापाको नेतृत्वमा कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउने जिम्मेवारी नेतृत्वको रहेको उल्लेख गर्दै उनले संस्थापन पक्षका नेताहरू पनि नयाँ नेतृत्वसँग मिलेर जानुपर्ने धारणा राखे ।

डा. शर्माले कांग्रेस विभाजित नभएको दाबी गर्दै पार्टीभित्र अब विवादलाई अगाडि बढाउने कुनै ठाउँ नरहेको बताए । उनका अनुसार विशेष महाधिवेशन पार्टी फुटाउन नभई कांग्रेसलाई थप सुदृढ, लोकतान्त्रिक र जनमुखी बनाउनका लागि भएको हो ।

आगामी निर्वाचनका सन्दर्भमा उनले नेपाली कांग्रेस एक्लै चुनावी प्रतिस्पर्धामा जाने र २६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने दाबी गरे । बहुमतसहित कांग्रेस सरकार बनाउने र सभापति गगन थापा प्रधानमन्त्री बन्ने विश्वास समेत उनले व्यक्त गरे ।

डा. शर्माले देउवा पक्ष अन्य दलसँग मिल्न जाने सम्भावना नरहेको उल्लेख गर्दै अब कांग्रेसभित्र विगतका कमजोरी नदोहोरिने विश्वास व्यक्त गरे । विशेष महाधिवेशनले जनताको चाहनाअनुसार परिवर्तनको संकेत दिएको भन्दै उनले सबै पक्ष एक भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

मन्थलीमा टाटाको योद्धा गाडी दुर्घटना, एक जनाको मृत्यु

मन्थलीमा टाटाको योद्धा गाडी दुर्घटना, एक जनाको मृत्यु

मन्थलीमा टाटाको योद्धा गाडी दुर्घटना, एक जनाको मृत्यु रामेछाप २६ भाद्र । रामेछापको मन्थली नगरपालिका–१ मच्छेडाँडि नजिकै भित्री सडकमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रामेछापबाट मन्थलीतर्फ आउँदै गरेको बा.प्र.०१–०२६ च ४९१३ नम्बरको टाटाको योद्धा...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...