सार्वजनिक सेवा पारदर्शी र प्रभावकारी बनाउने प्रतिवद्धता

रामेछाप । लिखुतामाकोशी गाउँपालिकाले सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी, प्रभावकारी र जवाफदेही बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । गाउँपालिकाले गत आर्थिक वर्ष २०८१र८२ को वार्षिक समीक्षा तथा चालु आर्थिक वर्ष २०८२र८३ को अर्धवार्षिक अवधिसम्म प्रदान गरिएका सेवा–सुविधाको प्रभावकारिताबारे सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्दै सेवा सुधारमा जोड दिएको हो ।

मङ्गलबार लिखुतामाकोशी गाउँपालिका–स्थित झट्टेश्वर माध्यमिक विद्यालयमा सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा सार्वजनिक सेवा प्रवाहको वर्तमान अवस्था, देखिएका चुनौती र सुधारका उपायबारे विस्तृत छलफल गरिएको थियो । कार्यक्रममा सेवाग्राहीहरूले सेवामा ढिलाइ हुने, प्रक्रियागत जटिलता, सूचना प्रवाहको कमीलगायत गुनासो राखेका थिए । विशेषगरी सिफारिस, दर्ता, सामाजिक सुरक्षा भत्ता, योजना कार्यान्वयन तथा विकास निर्माणसम्बन्धी सेवामा थप सुधार आवश्यक रहेको धारणा सहभागीहरूले व्यक्त गरे ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष केशव महतले स्थानीय सरकारको मुख्य प्राथमिकता सार्वजनिक सेवालाई प्रभावकारी, पारदर्शी र जनमुखी बनाउनु रहेको बताए । सार्वजनिक सुनुवाइमा उठेका गुनासा र सुझावलाई गम्भीर रूपमा लिँदै नीतिगत तथा व्यवहारिक सुधारमार्फत सेवा प्रवाहलाई सहज बनाइने उनले प्रतिबद्धता जनाए ।

यसैगरी गाउँपालिका उपाध्यक्ष दिपा पाख्रिनले सेवाग्राहीमैत्री वातावरण निर्माणमा पालिका निरन्तर प्रयासरत रहेको उल्लेख गर्दै महिला, ज्येष्ठ नागरिक तथा विपन्न वर्गको सेवामा पहुँच सुनिश्चित गर्न थप पहल गरिने बताइन् ।

कार्यक्रममा प्रशासकीय अधिकृत मातृकाप्रसाद दाहाल, विभागीय प्रमुखहरू, स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, सञ्चारकर्मी तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो । सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले जनप्रतिनिधिसँगै कर्मचारीहरू पनि जिम्मेवार बन्नुपर्नेमा जोड दिँदै गाउँपालिकाको स्थायी भवन निर्माण हुन नसकेकोप्रति दुख व्यक्त गरेका थिए । उनीहरूले सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन छिटोभन्दा छिटो गाउँपालिकाको भवन निर्माण प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन् ।

यस किसिमका सार्वजनिक सुनुवाइ कार्यक्रमले सेवा प्रदायक र सेवाग्राहीबीच प्रत्यक्ष संवाद स्थापित गर्दै समस्या पहिचान र समाधानमा सहयोग पुग्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला’ आयोजना हुने

रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला’ आयोजना हुने

रामेछाप : प्रारम्भिक बालविकासका क्षेत्रमा अभिभावकलाई सचेत र जागरुक बनाउने उद्देश्यले रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला तथा प्रदर्शनी’ आयोजना हुने भएको छ। रामेछाप नगरपालिका र सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको संयुक्त आयोजनामा आगामी वैशाख ३१ गते यो कार्यक्रम...

गृहमन्त्री सुधन गुरुङको राजीनामा: बालेन सरकारबाट बाहिरिए

गृहमन्त्री सुधन गुरुङको राजीनामा: बालेन सरकारबाट बाहिरिए

प्रधानमन्त्री बालेन्द्र शाहको मन्त्रिमण्डल गठनकै दिन जिम्मेवारी सम्हालेका गृहमन्त्री सुधन गुरुङ अन्ततः पदबाट बाहिरिएका छन्। सुरुवातमा उच्च पदस्थ कर्मचारीहरूमाथि कडा कारबाही गरेर निकै वाहवाही बटुलेका गुरुङ पछिल्लो समय भने विभिन्न विवादका कारण आलोचनाको घेरामा परेका थिए।...

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

यातायात व्यवस्था विभागले हालै वृद्धि गरिएको सार्वजनिक सवारीको भाडा विद्युतीय सवारी साधनमा लागू नहुने स्पष्ट पारेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण चैत २५ देखि डिजेलबाट चल्ने सवारीमा मात्र भाडा बढाइएको भए पनि केही विद्युतीय सवारीले गैरकानुनी रूपमा बढी भाडा...