मन्थलीमा एआई तालिम सम्पन्न, २७ पत्रकार सहभागी

रामेछाप। बागमती प्रदेश सञ्चार रजिष्ट्रारको आयोजनामा नेपाल पत्रकार महासङ्घ रामेछापद्वारा सञ्चालित पत्रकारहरूका लागि तीन दिने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी तालिम मन्थलीमा सम्पन्न भएको छ। तालिममा जिल्लाका २७ जनाभन्दा बढी पत्रकारहरूको सहभागिता रहेको थियो।

तालिम समापन कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले तथ्यमा आधारित पत्रकारिताले सुशासन प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। प्रविधि र पत्रकारिताको विकास एक–अर्कासँग जोडिएको उल्लेख गर्दै उनले सही तथ्य र प्रमाणमा आधारित समाचारले पारदर्शिता र जवाफदेहिता बलियो बनाउने धारणा व्यक्त गरे।

नगरप्रमुख श्रेष्ठले जिल्लास्तरमा कार्यरत पत्रकारहरूले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको कार्यसम्पादन गर्न सक्ने क्षमता विकास गर्नुपर्ने बताए। उनले तथ्य र प्रमाणसहित प्रस्तुत समाचारलाई कसैले अस्वीकार गर्न नसक्ने उल्लेख गर्दै निर्भिक पत्रकारिताको आवश्यकतामा जोड दिए।

कार्यक्रममा बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले एआईले पत्रकारको पेसा खोस्ने नभई सहयोगीको रूपमा काम गर्ने स्पष्ट पारे। इन्टरनेटमा उपलब्ध सूचना एआईले संकलन गर्न सक्ने भए पनि स्थानीय तहका घटनाक्रम, तथ्य, फोटो तथा भिडियो सङ्कलन गर्ने जिम्मेवारी पत्रकारकै रहने उनको भनाइ छ।

उनले देश विकासका लागि नागरिकको बौद्धिक क्षमतामा लगानी अपरिहार्य रहेको उल्लेख गर्दै सिंगापुर, दक्षिण कोरिया, चीन र अमेरिकाले नागरिकको ‘ब्रेन’ मा लगानी गरेर प्रगति गरेको उदाहरण प्रस्तुत गरे। सञ्चार कहिल्यै समाप्त नहुने प्रक्रिया भएकाले असल कम्युनिकेटर बने पत्रकारिता सङ्कटमा नपर्ने उनको भनाइ छ।

तालिममा पत्रकारितामा एआईको आधारभूत अवधारणा, समाचार सङ्कलन, लेखन, सम्पादन तथा तथ्य जाँचमा एआईको प्रयोगसम्बन्धी सैद्धान्तिक र व्यवहारिक अभ्यास गराइएको थियो। साथै एआई प्रयोग गरेर फोटो, भिडियो, अडियो तथा विभिन्न भिजुअल सामग्री कसरी तयार गर्न सकिन्छ भन्ने विषयमा पनि प्रशिक्षण दिइएको थियो।

तालिमको सहजीकरण गोरखापत्र दैनिकका उपसम्पादक अजय आचार्य र अडियो–भिडियो भिजुअल इन्डलेस सोलुसनका अध्यक्ष शिव पुरीले गरेका थिए।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी

काठमाडौं । नेपालका दुई नदीको संगम क्षेत्रमा ठूलो ताल बनेपछि त्यसको पानी बाहिरिएर बाढीको जोखिम बढेको छ । चीनको जलस्रोत मन्त्रालयले ताल फुट्ने जोखिम उच्च रहेको भन्दै आगामी तीन दिनलाई विशेष सतर्कताको अवधि मानेर निगरानी बढाएको जनाएको छ । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल...

बाढी प्रभावित रसुवाबाट ४५ विदेशीसहित ३३६ जनाको उद्धार, ४ हजार सैनिक परिचालित

बाढी प्रभावित रसुवाबाट ४५ विदेशीसहित ३३६ जनाको उद्धार, ४ हजार सैनिक परिचालित

रसुवा । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रबाट नेपाली सेनाले ४५ जना विदेशी नागरिकसहित ३३६ जनाको हवाई उद्धार गरेको छ । नेपाली सेनाका अनुसार बिहीबार बिहानदेखि १२ः३० बजेसम्म टिमुरे, धुन्चे र मैलुङ क्षेत्रबाट हेलिकप्टरमार्फत ३३६ जनाको सफल उद्धार गरिएको हो ।...

बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो, सुरक्षाकर्मी उद्धार र खोजीमा सक्रिय

बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो, सुरक्षाकर्मी उद्धार र खोजीमा सक्रिय

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या २७० पुगेको छ । बिहीबार दिउँसो १ः३० बजेसम्म विभिन्न जिल्लामा बाढीका कारण मृत्यु भएका २७० जनाको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा १०८,...