एमालेको ११औँ महाधिवेशनः रामेछापबाट ५ जनाको केन्द्रीय सदस्यमा उम्मेदवारी

रामेछाप – नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा रामेछाप जिल्लाबाट पाँच नेताहरूले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । जिल्लाबाट माधव प्रसाद ढुङ्गेल, शान्ति प्रसाद पौडेल, गीता कार्की, गंगादेवी कार्की र सीता कुमारी खत्री उम्मेदवार बनेका हुन् । यसमध्ये माधव प्रसाद ढुङ्गेल र गीता कार्की पूर्व केन्द्रीय सदस्यका रूपमा अनुभवी नेताहरू हुन्। शान्ति प्रसाद पौडेल र गंगादेवी कार्की बागमती प्रदेश कमिटी सदस्यका रूपमा सक्रिय रहेका छन् भने सीता खत्री पार्टी संगठन निर्माणमा क्रियाशील रहिएकी छन् ।
उम्मेदवारमध्ये माधव प्रसाद ढुङ्गेल र शान्ति प्रसाद पौडेल खुला समूहबाट चुनाव लड्दैछन्। गीता कार्की र गंगादेवी कार्की महिला खुला समूहबाट उम्मेदवारी दिएकी छन् भने सीता खत्री बागमती प्रदेश महिला क्लस्टरबाट केन्द्रीय सदस्यमा उम्मेदवार छिन् ।
यसअघि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका बागमती प्रदेश सभा सदस्य आनन्द कुमार श्रेष्ठले उम्मेदवारी दर्ता नगरेपछि विभिन्न अड्कल र चर्चा सुरु भएको छ। त्यस्तै, पूर्व पोलिटब्युरो सदस्य र रामेछाप जिल्ला इन्चार्ज कमलप्रसाद चौलागाईँले अनुशासन आयोग सदस्यमा उम्मेदवारी दिएका छन्। बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश प्रसाद ढुङ्गेलले भने उम्मेदवारी दिएका छैनन् ।
नयाँ नेतृत्व चयनका लागि मतदान भृकुटीमण्डप, काठमाडौंमा दिउँसो १ बजेबाट सुरु हुनेछ र बेलुका ७ बजे सम्म चल्नेछ। एक सय मतदान मेसिनमध्ये ८० मेसिन मतदानका लागि प्रयोग हुनेछन् भने १० अभ्यासका लागि र १० अतिरिक्त मेसिनको रूपमा राखिएको छ । अनुमान अनुसार एक जनाले मत खसाल्न झण्डै २५–३० मिनेट समय लाग्नेछ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी

काठमाडौं । नेपालका दुई नदीको संगम क्षेत्रमा ठूलो ताल बनेपछि त्यसको पानी बाहिरिएर बाढीको जोखिम बढेको छ । चीनको जलस्रोत मन्त्रालयले ताल फुट्ने जोखिम उच्च रहेको भन्दै आगामी तीन दिनलाई विशेष सतर्कताको अवधि मानेर निगरानी बढाएको जनाएको छ । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल...

बाढी प्रभावित रसुवाबाट ४५ विदेशीसहित ३३६ जनाको उद्धार, ४ हजार सैनिक परिचालित

बाढी प्रभावित रसुवाबाट ४५ विदेशीसहित ३३६ जनाको उद्धार, ४ हजार सैनिक परिचालित

रसुवा । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रबाट नेपाली सेनाले ४५ जना विदेशी नागरिकसहित ३३६ जनाको हवाई उद्धार गरेको छ । नेपाली सेनाका अनुसार बिहीबार बिहानदेखि १२ः३० बजेसम्म टिमुरे, धुन्चे र मैलुङ क्षेत्रबाट हेलिकप्टरमार्फत ३३६ जनाको सफल उद्धार गरिएको हो ।...

बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो, सुरक्षाकर्मी उद्धार र खोजीमा सक्रिय

बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो, सुरक्षाकर्मी उद्धार र खोजीमा सक्रिय

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या २७० पुगेको छ । बिहीबार दिउँसो १ः३० बजेसम्म विभिन्न जिल्लामा बाढीका कारण मृत्यु भएका २७० जनाको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा १०८,...