आदिवासी जनजाति प्रतिष्ठानको परिषद् बैठक सम्पन्न, परिणाम देखिने काम गर्न प्रधानमन्त्रीको जोड

काठमाडौं। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २६औँ सञ्चालक परिषद् बैठक प्रधानमन्त्री तथा प्रतिष्ठानकी अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा सम्पन्न भएको छ। सोमबार साँझ कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा बसेको बैठकले प्रतिष्ठानको नीति, कार्यक्रम र संगठन संरचनासम्बन्धी महत्वपूर्ण निर्णयहरू गरेको हो।

बैठकले आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ का वार्षिक प्रतिवेदन पारित गर्दै आगामी दिनमा लक्ष्यअनुसारका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ।

बैठकमा प्रधानमन्त्री कार्कीले आदिवासी जनजाति समुदाय देशको कुल जनसंख्याको ठूलो हिस्सा ओगट्ने उल्लेख गर्दै उनीहरूको अधिकार, पहिचान र समग्र विकासका लागि प्रतिष्ठानले देखिने र अनुभूत हुने खालका काम गर्नुपर्नेमा जोड दिइन्। आदिवासी जनजातिको उत्थानका लागि सरकारअन्तर्गत प्रतिष्ठान मात्र जिम्मेवार निकाय भएकाले यसको कार्यसम्पादन प्रभावकारी र परिणाममुखी हुनुपर्ने उनको भनाइ थियो।

लोपोन्मुख, सीमान्तकृत तथा पिछडिएका आदिवासी जनजातिको संरक्षण, भाषा, संस्कृति र पहिचानको जगेर्ना तथा प्रवर्द्धनमार्फत राष्ट्रिय विविधता उजागर गर्न सकिने उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले यसले पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याउने बताइन्। सोहीअनुसार कार्यकारी उपाध्यक्ष रेशम गुरुङ र सदस्य सचिव ज्ञानेन्द्र पुनलाई स्पष्ट जिम्मेवारीसहित काम गर्न निर्देशन दिइएको छ।

बैठकले प्रतिष्ठानको कर्मचारी संरचना पुनरावलोकन गर्दै दरबन्दी घटाउने निर्णय पनि गरेको छ। हाल कायम ५२ जनाको दरबन्दीलाई संशोधन गरी ४२ जनामा सीमित गर्ने प्रस्तावमा परिषद् सहमत भएको हो।

त्यसैगरी, तथ्याङ्क विभागले प्रस्ताव गरेको २२ वटा लोपोन्मुख थरलाई छुट्टै जनजातिको रूपमा सूचीकृत गर्ने विषयमा पनि छलफल भएको छ। छलफलपछि ती थरहरू हाल सूचीकृत ६० आदिवासी जनजातिअन्तर्गत नै पर्ने निष्कर्ष निकालिएको छ।

आर्थिक वर्ष २०८३/८४ का लागि कम्तीमा २६ करोड रुपैयाँ बजेट आवश्यक पर्ने प्रारम्भिक योजना प्रस्तुत भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री तथा अर्थ मन्त्री रामेश्वर खनाल र प्रधानमन्त्री कार्कीले प्रतिष्ठानको काम स्पष्ट, प्रभावकारी र परिणाममुखी भएमा बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन्।

बैठकमा विभिन्न मन्त्रालयका सचिव, नेपाल प्रज्ञा प्रतिष्ठानका पदाधिकारी, जातीय संघसंस्थाका प्रतिनिधि तथा परिषद् सदस्यहरूको सहभागिता रहेको कार्यकारी उपाध्यक्ष रेशम गुरुङले जानकारी दिए।

यसैबीच, सञ्चालक परिषद् बैठक अब वर्षमा दुई पटक बस्ने निर्णय गरिएको छ। यस निर्णयले प्रतिष्ठानको कार्यसम्पादन थप सक्रिय, व्यवस्थित र उत्तरदायी हुने विश्वास सदस्य सचिव ज्ञानेन्द्र पुनले व्यक्त गरे।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

मन्थलीमा टाटाको योद्धा गाडी दुर्घटना, एक जनाको मृत्यु

मन्थलीमा टाटाको योद्धा गाडी दुर्घटना, एक जनाको मृत्यु

मन्थलीमा टाटाको योद्धा गाडी दुर्घटना, एक जनाको मृत्यु रामेछाप २६ भाद्र । रामेछापको मन्थली नगरपालिका–१ मच्छेडाँडि नजिकै भित्री सडकमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रामेछापबाट मन्थलीतर्फ आउँदै गरेको बा.प्र.०१–०२६ च ४९१३ नम्बरको टाटाको योद्धा...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...