रामेछापमा बढ्यो जुनार उत्पादन , जुस उद्योगले थप्यो उत्साह

रामेछापका जुनार बगैँचाहरू यतिबेला पहेंलपुर भएका छन् । हिउँद सुरु भएसँगै सुकाजोर, गाईटार, ओख्रेनी, भालुखोप, हिमगंगा, फूलासीलगायत क्षेत्रका बगैँचामा पाकेर झुन्डिएका जुनारले गाउँको वातावरण नै आकर्षक बनेको छ । वर्षभरिको मेहनतको फल पाकेको देख्दा किसानहरूको अनुहारमा प्रसन्नता झल्किन्छ ।
किसानहरूका अनुसार यस वर्ष समयमै वर्षा भएको र रोग–कीरा कम लागेको कारण उत्पादन १०–१५ प्रतिशतले बढेको छ । रामेछाप नगरपालिका–७ का कृषक रामकुमार कार्की भन्छन्, “यसपालि दाना ठूलो छ, रसिलो छ, बजार मूल्य पनि राम्रो हुने आशा छ। व्यापारीहरूको आगमन बढेकाले उत्साह थपिएको छ ।”
जुनार रामेछापको मुख्य आय–स्रोतहरूमध्ये एक बनेको छ। यहाँबाट ढुवानी हुने जुनार काठमाडौंदेखि तराईका विभिन्न बजारमा पु¥याइने गरेको छ ।
यससँगै पछिल्ला वर्षहरूमा जुनारको जुस उद्योग विस्तार भएसँगै किसानदेखि कामदारसम्म सबैमा नयाँ उत्साह देखिएको छ । जुस उद्योग चलेपछि किसानमा ‘जुनार नबिक्ला कि’ भन्ने चिन्ता हटेको छ भने स्थानीय बासिन्दाले घरमै रोजगारी पाउने अवसर पाएका छन् ।
मन्थली डिलक्स एग्रो फरेस्ट्रीले मात्र यस सिजनमा ७० भन्दा बढी कामदारलाई बोक्रा तास्ने, जुस निकाल्ने र स्टोर गर्ने काममा संलग्न गराएको छ । कम्पनीका सञ्चालक लोकेन्द्र श्रेष्ठ भन्छन्, “हामी अहिले बगैँचाबाट जुनार ल्याएर बोक्रा निकाल्दै, पेलेर जुस निकाल्दै र स्टोर गर्दैछौँ । गर्मी सुरु भएपछि प्रशोधन गरेर बजार पठाउनेछौँ ।”
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम रामेछापका अनुसार जिल्लामा व्यावसायिक जुनार खेती द्रुत गतिमा फैलिएको छ। आधुनिक प्रविधि, रोग नियन्त्रण र मल व्यवस्थापनको कारण उत्पादन र गुणस्तर दुवैमा सुधार आएको प्राविधिकहरूले बताएका छन् । गत वर्ष ६४० हेक्टर क्षेत्रफलमा ४ हजार मेट्रिक टन जुनार उत्पादन भई किसानहरूले करिब २० करोड रुपैयाँ आम्दानी गरेका थिए। यस वर्ष उत्पादन अझ बढ्ने अनुमान गरिएको छ ।
जुनार पाकेपछि गाउँको हावा नै मीठासले भरिएको किसानहरूको अनुभव छ। बगैँचामा तस्बिर खिच्न आउने युवाहरूको उपस्थितिले वातावरण थप जीवन्त बनेको कृषक शेरबहादुर तामाङ बताउँछन् ।
उत्पादन वृद्धि, जुस उद्योग विस्तार र स्थानीय रोजगारीका अवसर बढ्दै जाँदा रामेछापको कृषि–अर्थतन्त्रमा सहयोग पुग्ने स्थानियले अपेक्षा समेत गरेका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

ललितपुर । ललितपुरस्थित डीएभी कलेजको भवनबाट हामफालेका विद्यार्थीको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान तीव्र बनाएको छ । सोमबार कलेजको चौथो तलाबाट हामफालेका १८ वर्षीय आर्यन सिंहको उपचारका क्रममा सुमेरु सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर...

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अब चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ । यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा महाधिवेशन गर्ने तयारी गरिएको थियो । रास्वपाका केन्द्रीय सदस्य...

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले ‘सुशासन, प्रविधि र उत्पादन’लाई मुख्य प्राथमिकतामा राख्दै...