खैरेनीघाट–दुम्जा पुलमा बेलिब्रिज जडान प्रक्रिया तीव्र

रामेछाप । पश्चिम रामेछापलाई बिपी राजमार्गसँग प्रत्यक्ष रूपमा जोड्ने खैरेनीघाट–दुम्जा सडक खण्डमा बेलिब्रिज जडानको तयारी तीव्र बनेको छ । गएको वर्ष असोज दोस्रो सातामा सुनकोशी नदीमा आएको भीषण बाढीले यहाँको पक्की पुल पूर्ण रूपमा बगाएपछि लामो समयदेखि अवरुद्ध रहेको यातायात मार्ग पुनः सञ्चालन हुने आशा पुनः जागिएको हो ।
पुल बगाएपछि विशेष गरी सुनापति, दोरम्बा शैलुङ र खाँडादेवी गाउँपालिकाका बासिन्दाले काठमाडौँ आवत–जावत, दैनिक सेवा–सुविधा, आपत्कालीन यात्रा र बजार आपूर्तिमा ठूलो कठिनाइ व्यहोर्दै आएका थिए । अब बेलिब्रिज जडानका लागि आवश्यक पार्टसहरू निर्माण स्थलमै आइपुग्न थालेपछि स्थानीयमा उत्साह जागेको छ ।
खाँडादेवी गाउँपालिका–१ राकाथुमका वडा अध्यक्ष रामकुमार श्रेष्ठका अनुसार हालसम्म हेटौँडाबाट ४ भन्दा बढी गाडीमार्फत बेलिब्रिजका पार्टस ल्याइएका छन् । “बेलिब्रिज जडानका सामानहरू लगातार आइरहेका छन्, यो पश्चिम रामेछापका बासिन्दाका लागि खुसीको खबर हो,” उनले भने । उनका अनुसार सामाग्री भित्रिएसँगै अन्य पूर्वाधार तयारी पनि अघि बढिरहेको छ ।
यो पुल जडान भएपछि खाँडादेवी–१ राकाथुम र सिन्धुलीको सुनकोशी गाउँपालिका–१ प्रत्यक्ष रूपमा जोडिनेछ । साथै पश्चिम रामेछापका बासिन्दाले बिपी राजमार्गमार्फत काठमाडौँ तथा काभ्रे क्षेत्रमा सहज रूपमा आवत–जावत गर्न सक्ने हुँदा व्यापार, सेवा प्रवाह र यातायात व्यवस्थामा उल्लेखनीय सहजता आउने अपेक्षा गरिएको वडा अध्यक्ष श्रेष्ठले बताए ।
सडक डिभिजन कार्यालय खुर्कोटका प्रमुख पारसमणि हमालका अनुसार ६८ मिटर लम्बाइको खैरेनीघाट–दुम्जा पुलका लागि आवश्यक सबै पार्टस स्थलमा ल्याउने काम जारी छ । “अहिले बेलिब्रिजका सामानहरू ल्याइने प्रक्रिया चलिरहेको छ । जडान गर्नु भने अझै सुरु भएको छैन,” उनले बताए । उनका अनुसार अबको एक साताभित्र बेलिब्रिज जडान कार्य औपचारिक रूपमा प्रारम्भ हुने छ ।
प्रमुख हमालले आवश्यक सबै पार्टस पुगेपछि जडान कार्य सुरु भई २१ दिनभित्र पुल जडान प्रक्रिया पूरा गर्ने लक्ष्य रहेको जानकारी दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी

काठमाडौं । नेपालका दुई नदीको संगम क्षेत्रमा ठूलो ताल बनेपछि त्यसको पानी बाहिरिएर बाढीको जोखिम बढेको छ । चीनको जलस्रोत मन्त्रालयले ताल फुट्ने जोखिम उच्च रहेको भन्दै आगामी तीन दिनलाई विशेष सतर्कताको अवधि मानेर निगरानी बढाएको जनाएको छ । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल...

बाढी प्रभावित रसुवाबाट ४५ विदेशीसहित ३३६ जनाको उद्धार, ४ हजार सैनिक परिचालित

बाढी प्रभावित रसुवाबाट ४५ विदेशीसहित ३३६ जनाको उद्धार, ४ हजार सैनिक परिचालित

रसुवा । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रबाट नेपाली सेनाले ४५ जना विदेशी नागरिकसहित ३३६ जनाको हवाई उद्धार गरेको छ । नेपाली सेनाका अनुसार बिहीबार बिहानदेखि १२ः३० बजेसम्म टिमुरे, धुन्चे र मैलुङ क्षेत्रबाट हेलिकप्टरमार्फत ३३६ जनाको सफल उद्धार गरिएको हो ।...

बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो, सुरक्षाकर्मी उद्धार र खोजीमा सक्रिय

बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो, सुरक्षाकर्मी उद्धार र खोजीमा सक्रिय

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या २७० पुगेको छ । बिहीबार दिउँसो १ः३० बजेसम्म विभिन्न जिल्लामा बाढीका कारण मृत्यु भएका २७० जनाको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा १०८,...