रामेछापबाट हराएकाहरु अधिकांश भेटिए

तीन बर्ष अबधिमा रामेछापबाट १ सय ५४ जना महिला, बालबालिका र जेष्ठ नागरिक हराएका छन् । हराएका मध्ये अधिकांश भेटिएका छन्, भने चार जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । २०७९/०८० मा ४१ जना २०८०/०८१ मा ४२ जना २०८१/०८२ मा ५४ जना र चालु आवको तीन महिनामा १७ जना हराएका थिए । हराएका ब्यक्तिहरु केही आफैँ घर फर्केका त केहीलाई प्रहरीको सक्रियतामा फेला पारिएको हो ।

प्रहरीको तथ्याङक अनुसार आर्थिक बर्ष २०७९/०८० मा २८ महिला, ८ बालक र ५ बालिका गरी ४१ जना हराएकोमा सबै फेला परेका छन् ।‌ २०८०/०८१ मा २९ महिला, ४ बालक, ८ बालिका र १ जेष्ट नागरिक गरी ४२ जना हराएका थिए, ति मध्ये एक जना महिला बाहेक सबै फेला परेका थिए । २०८१/०८२ मा हराउने महिला, बालबालिका र जेष्ठ नागरिकको संख्या बढेर ५४ पुगेको थियो । जसमा ३२ महिला, ५ बालक, १४ बालिका र ४ जेष्ठ नागरिक रहेका थिए । ति मध्ये एकजना महिला अझै बेपता रहेको र बाँखी सबै फेला परेका थिए । चालु आवको तिन महिनामा १७ जना हराएकोमा १३ जना फेला परेका र अरु खोजी कार्य जारी रहेको प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक कौशल न्यौपानेले आफ्नो मान्छे हराएपछि परिवारले आतिएर प्रहरीमा खोजबिनको लागि निवेदन दिने गरेको र हुलियाको आधारमा हराएकाहरुको खाजबिन गर्ने गरिएको बताउनु भयो ।‌ मानिस हराउनु दुखद रहेको तर हराएको मान्छे फेरि फेला परि पारिवारिक पुर्नमिलन हुनु सुखद रहेको उहाँले बताउनु भयो । हराएकामध्ये अधिकांश प्रहरीको सक्रियतामा फेला परेका छन्, भने केही भने आफैँ परिवारको सम्पर्कमा आएका सूचना अधिकारी न्यौपानेले  जानकारी दिनु भयो ।

उहाँका अनुसार अधिकांश महिला, बालबालिका र जेष्ठनागरिक हराउनमा पारिवारिक समस्या, झैझगडा तथा विवाद प्रमुख रहेका छन्, भने उचित खानपान तथा स्याहार, माया स्नेहका अभावमा पनि व्यक्तिमा नैराश्यता पैदा भएपछि घर छाडेर परिवारबाट टाढिन चाहेपछि बिना जानकारी घरै छाडेर हिड्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्योसँगै सामाजिक सञ्जालको दुरुपयोग, निराशा, साथीसँगाती, आर्थिक अवस्था कमजोर लगायतका थुप्रै कारण जोडिन्छन् । महिला तथा बालबालिका हराउने क्रम रोक्नका लागि परिवारको भूमिका महत्वपूर्ण भूमिका हुने अधिकारकर्मीहरु बताउँछन् । परिवारका सदस्यलाई सम्मान, माया, उचित स्याहारसुसार गर्नुका साथै उनीहरूको चाहना पूरा गरिदिएमा महिला तथा बालबालिका बेपत्ता हुने क्रम रोकिने प्रहरीको पनि निष्कर्ष छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...