रामेछाप नगरपालिकाको वार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न

२६ आश्विन २०८२, आईतवार

रामेछाप नगरपालिकाको वार्षिक प्रगति समिक्षा कार्यक्रम आइतबार सम्पन्न भएको छ । गत आर्थिक वर्ष २०८१÷८२ मा नगरपलिकाले हासिल गरेका उपलब्धि, चुनौति र भावी योजना बारे छलफल गर्दै कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन जिल्ला समन्वय प्रमुख चिना खड्काले गर्नु भएको थियो । सो अवसरमा उहाँले सीमित स्रोतसाधन र विविध चुनौतिका बीच नगरले हासिल गरेका प्रगति देखेर आफूलाई निकै खुशी लागेको बताउँदै जनप्रतिनिधि र कर्मचारीको मिहिनेतको प्रशंसा गर्नु भयो । जिसस प्रमुख खड्काले धेरै महत्वकांक्षी नभइ जनतको आधारभूत आवश्यकता र अपेक्षाहरु पुरा गर्नुपर्ने जोड दिदैँ यस्ता कामलाई प्रभावकारी बनाउन कुनै कसर बाँकी राख्न नहुने बताउनु भयो ।‌

पालिकाले प्रस्तुत गरेको बार्षिक प्रगति पुस्तिका अनुसार गत बर्ष कुल ७६  करोड ८८ लाख ६९ हजार ५ सय ५१ बजेटमा  ६३ करोड ८७ लाख ६१ हजार ८ सय ४५ खर्च भएको छ। जसमा चालु खर्च तर्फ ५० करोड ५० लाख ४३ हजार ६ सय ६ को बजेटमध्ये ८९.४८ प्रतिशत अर्थात् ४४ करोड १८ लाख ५ हजार ८७६ खर्च भएको छ। भने २६ करोड ३८ लाख २५ हजार ९४५ को पुँजीगत बजेटमध्ये ७६.६५ प्रतिशत  अर्थात् १९ करोड ६९ लाख ५५ हजार ९३८ खर्च भएको प्रगति विवरण पुस्तिकामा उल्लेख छ । पालिकाको गत बर्ष एक करोड ३० लाख २६ हजार ४ सय २८ रुपैयाँ राजश्व संकलन गरेको छ ।

कार्यक्रममा नगरको विषयगत शाखाहरु प्रमुखहरुले गत वर्ष भएका प्रगति विवरण प्रस्तुत गरेका थिए । कार्यक्रमममा नगरप्रमुख लबश्री न्यौपानेले विकास निर्माण र सेवा प्रवाहलाई थप प्रभावकारी बनाइने उल्लेख गर्दै जनताको सहयोगले नै उपलब्धिहरु हासिल गर्न सम्भव हुने बताउनु भयो । उहाँले बालिकाले गरेका राम्रा कामको मुल्याङकन गर्न जनताले हिच्किचाउन नहुने बताउदै जनताले दिएको साथ र हौसला नै उपलब्धि हासिल गर्न मुख्य स्रोत र शक्ति रहेको जानकारी दिनु भयो ।

कार्यक्रममा नगर उपप्रमुख बालकुमारी कार्कीले प्रविधि र बिधीको उपयोग गर्दै नगरलाई समृद्दिको बाटोमा लैजाँदै गर्दा आइपरेका चुनौतिलाई परास्त गर्न र उपलब्धिहरु हासिल गर्न सफल भएकामा गौरवाम्भित हुनुपर्ने बताउनु भयो । कार्यक्रममा सोधिएका प्रश्नको जवाफ दिँदै प्रमुख प्रशाकीय अधिकृत भोलाप्रसाद चापागाईले आफ्नो प्रसासनिक नेतृत्वको नगर कर्मचारीबाट त्रुटिरहित कार्यसम्पादन भएको जिकिर गर्दै यसलाई निरन्तरता दिदैँ थप सक्रियता बढाइने उल्लेख गर्नु भयो । प्रमुख प्रसाकीय अधिकृत चापागाईँले नगरमा बेथिति र अनियमितताको कुनै कण समेत नरहेको बताउदैँ जनताहरुको जीग्यासा र सुझावहरुले थप सचेत बनाएको समेत बताउनु भयो ।‌

कार्यक्रममा राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिले राजनीतिको आँखाले हेर्दा नगरमा कुनै प्रश्न गर्ने ठाउँ नरहेको बताएका थिए । आफ्ना पार्टी, पराई पार्टी सबैलाई समान नजरले सबै ठाउँमा समान विकास गर्न सफल भएकोमा उनीहरुले नगरको प्रंससा गरेका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

ललितपुर । ललितपुरस्थित डीएभी कलेजको भवनबाट हामफालेका विद्यार्थीको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान तीव्र बनाएको छ । सोमबार कलेजको चौथो तलाबाट हामफालेका १८ वर्षीय आर्यन सिंहको उपचारका क्रममा सुमेरु सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर...

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अब चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ । यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा महाधिवेशन गर्ने तयारी गरिएको थियो । रास्वपाका केन्द्रीय सदस्य...

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले ‘सुशासन, प्रविधि र उत्पादन’लाई मुख्य प्राथमिकतामा राख्दै...