पत्रकारमाथि दुर्व्यवहार प्रकरणः कावा मेयरका छोरा विरुद्ध रौतहटमा पक्राउ पुर्जी जारी

३ भाद्र २०८२, मंगलवार

रौतहट – फतुवा विजयपुर नगरपालिकामा भएको अनियमितता र भ्रष्टाचारबारे समाचार लेख्ने क्रममा पत्रकार कृष्ण तिवारीमाथि दुर्व्यवहार भएको प्रकरणमा उपमेयर अम्बेया खातुनका छोरा मोहम्मद सनाउल्लाहविरुद्ध जिल्ला अदालत रौतहटले पक्राउ पुर्जी जारी गरेको छ।

इलाका प्रहरी कार्यालय विजयपुरले गरेको अनुरोधमा अदालतले सनाउल्लाहलाई पक्राउ गर्न आदेश दिएको र खोजतलासका लागि छुट्टै प्रहरी टोली परिचालन गरिएको प्रमुख इन्स्पेक्टर सुरेन्द्र यादवले जानकारी दिएका छन्। घटनाक्रम अनुसार, तिवारी साउन ३० गते नगरसभा कार्यक्रममा सहभागी हुन जाँदै गर्दा सन्तपुर चौक नजिकै रोकेर दुर्व्यवहार गरिएको थियो।

पीडित तिवारीको जाहेरीका आधारमा रौतहट प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीको निर्देशनमा इलाका प्रहरी कार्यालय विजयपुरले गत आइतबार सनाउल्लाहमाथि अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरेको थियो।

२०७९ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट गोपाल प्रसाद यादव मेयर र अम्बेया खातुन उपमेयर निर्वाचित भएका थिए। तर यादव दोषी ठहरिएपछि खातुन कार्यवाहक बनेकी थिइन्। त्यसयता उनका श्रीमान् महमद सेराजको हस्तक्षेपले नगरको कामकाज अस्तव्यस्त बनेको भन्दै जनप्रतिनिधिहरू असन्तुष्ट हुँदै आएका छन्।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

मन्थलीमा अर्थशास्त्रसम्बन्धी शैक्षिक सामग्री प्रदर्शनी

मन्थलीमा अर्थशास्त्रसम्बन्धी शैक्षिक सामग्री प्रदर्शनी

रामेछाप  ।  रामेछापको मन्थली माध्यमिक विद्यालयले देशको विद्यमान आर्थिक अवस्थाबारे विद्यार्थीलाई जानकारी गराउँदै अर्थतन्त्र सुधारमा योगदान पुर्‍याउने उद्देश्यले अर्थशास्त्रसम्बन्धी शैक्षिक सामग्री प्रदर्शनी गरेको छ । विद्यालय परिसरमा आयोजित प्रदर्शनीको संघीय...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...