परोपकार प्रसूति गृह ६६ वर्षमा: ५०० शैय्या बनाइने, आईभीएफ सेवा पुनः सञ्चालन : मन्त्री पौडेल

काठमाडौँ । देशकै विशिष्टीकृत महिला स्वास्थ्य संस्था परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले आइतबार विशेष समारोहका बीच ६६औँ वार्षिकोत्सव मनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अस्पतालको उपलब्धि, सेवा विस्तार र भविष्यका योजना सार्वजनिक गरियो।

वि.सं. २०१६ सालमा ४० शैय्याबाट सुरु भएको प्रसूति गृह हाल ४८९ शैय्या पुगेको छ। गत आर्थिक वर्षमा मात्रै करिब २१ हजार प्रसूति गराइएको र २ लाख ३३ हजारभन्दा बढीले बाहिरंग सेवा लिएको अस्पतालको वार्षिक प्रतिवेदनमा उल्लेख छ।

मन्त्री पौडेलले मातृ–शिशु स्वास्थ्य सुधारमा अस्पतालले खेलेको योगदानको प्रशंसा गर्दै भने, “प्रसूति गृह केवल अस्पताल मात्र होइन, लाखौं आमा र शिशुको जीवनसँग जोडिएको राष्ट्रिय धरोहर हो।” उनले आईभीएफ सेवा पुनः सञ्चालन, नियोनेटल स्क्रिनिङ र मिल्क बैंकलाई स्वास्थ्य क्षेत्रमा अनुकरणीय उपलब्धि बताए।

भविष्यमा अस्पताललाई ५०० शैय्यासम्म विस्तार गर्ने र उपत्यकाको चाप कम गर्न काठमाडौंका दुई नगरपालिकामा २५–२५ शैय्याका स्याटेलाइट प्रसूति अस्पताल निर्माण गर्ने तयारी गरिएको मन्त्री पौडेलले जानकारी दिए।

समारोहमा अस्पताल निर्देशक श्रीप्रसाद अधिकारीले स्त्रीरोग शल्यक्रियामा दुरबिन प्रविधि, मानसिक स्वास्थ्य ओपीडी र फेटल–मेटर्नल इको सेवाले सेवा स्तर सुधार गरेको जानकारी दिए। उनका अनुसार भूकम्पपछि रोकिएको सरकारी आईभीएफ सेवा पुनः प्रभावकारी रूपमा सञ्चालनमा ल्याइएको छ, जसले निःसन्तान दम्पतीलाई राहत दिएको छ।

अस्पतालले लैंगिक हिंसा पीडित, दुर्गम महिलाका लागि हवाई उद्धारपछिको उपचार तथा विपन्न वर्गका लागि निःशुल्क उपचारजस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिइरहेको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

मन्थलीमा टाटाको योद्धा गाडी दुर्घटना, एक जनाको मृत्यु

मन्थलीमा टाटाको योद्धा गाडी दुर्घटना, एक जनाको मृत्यु

मन्थलीमा टाटाको योद्धा गाडी दुर्घटना, एक जनाको मृत्यु रामेछाप २६ भाद्र । रामेछापको मन्थली नगरपालिका–१ मच्छेडाँडि नजिकै भित्री सडकमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रामेछापबाट मन्थलीतर्फ आउँदै गरेको बा.प्र.०१–०२६ च ४९१३ नम्बरको टाटाको योद्धा...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...