पुष्पलाल स्मृतिमा रामेछापमा एमालेको सांस्कृतिक कार्यक्रम भव्यरुपमा सम्पन्न

८ श्रावण २०८२, बुधबार

रामेछाप– नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवसको अवसरमा रामेछापको भंगेरीमा विविध सांस्कृतिक प्रस्तुति सहित नेकपा एमालेले कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।
नेकपा (एमाले) जिल्ला कमिटी रामेछाप र राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल, बागमती प्रदेश समितिको आयोजनामा तथा एमाले रामेछाप नगर कमिटीको व्यवस्थापनमा सम्पन्न कार्यक्रममा नेतादेखि सर्वसाधारण सम्मको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रम एमाले जिल्ला अध्यक्ष पुरुषोत्तम कँडेरियाको अध्यक्षतामा तथा पार्टी स्थायी कमिटी सदस्य र बागमती प्रदेश इञ्चार्ज डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा पार्टी केन्द्रीय सदस्य माधव ढुंगेल, जनसांस्कृतिक महासंघका अध्यक्ष भूमिका सुब्बा, प्रदेश नेताहरू, जनसंगठनका प्रतिनिधिहरू, पत्रकार, कलाकार र स्थानीय जनसमुदायको बाक्लो उपस्थिति थियो ।
स्मृति दिवसका अवसरमा पुष्पलाल श्रेष्ठको जन्मस्थान भंगेरीस्थित सालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो। त्यसपछि सभाहलमा औपचारिक समारोह आयोजना गरिएको थियो, जहाँ पुष्पलालको योगदान र कम्युनिष्ट आन्दोलनमा उहाँले खेलेको ऐतिहासिक भूमिका बारे चर्चा गरियो ।
कार्यक्रममा पशुपालन उद्यमी उमेश विक्रम थापा र कृषि फलफुल नर्सरी उद्यमी रामबहादुर साहीलाई नगदसहित सम्मान गरिएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...