नगरप्रमुखको भनाई प्रति पत्रकारहरुको पेशागत संग संठनको आपत्ति

Written by meropradesh creator

१ माघ २०७७, बिहीबार

रामेछाप , १ माघ । मन्थली नगरपालीकाका प्रमुख रमेश कुमार बस्नेतले नगरसभामा बोलेको विषयलाई लिएर नेपाल पत्रकार महासंघ लगायतका पत्रकारहरुका विभिन्न पेशागत सङ्घ संगठनहरुले आपत्ति जनाएका छन् । गत पुस २८ गते मंगलबार मन्थली नगरपालिकाको आठौं नगर सभामा नगर प्रमुख वस्नेतले आफ्ना धाराणा राख्ने क्रममा नगरसभामा पत्रकारहरुको अनुपस्थिति भएको विषयलाई लिएर व्यक्त अभिब्यक्ति असान्र्धभिक, अनैतिक र अशोभनिय भएको भन्दै उहाँको सार्वजनिक भनाई प्रति आपत्ति जनाएका छन् ।
विहीबार नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनले छुट छुट्टै तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), नेपाल फोटो पत्रकार महासंघ, राष्ट्रिय दलित पत्रकारसंघ नेपाल, क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे),सञ्चारिका समुह रामेछाप र रिपोर्टस क्लब नेपालले संयुक्त रुपमा विज्ञप्ति निकालेर नगर प्रमुख बस्नेतलाई यस्तो चुनौती दिएका हुन् ।


उनिहरुले जारी गरेको विज्ञप्तिमा नगर प्रमुखले नगरसभाको कार्यक्रममा बोल्दै पत्रकारहरुलाई खान र लिन पाउने भए लाईन लागेर आउथे, अन्यथा कार्यक्रममा किन आउथे ? भन्दै तल्लो स्तरको उपमा दिएको कुराले समग्र पत्रकार र पत्रकारीता पेशा प्रति अपमान गरेको भनिएको छ ।
विज्ञप्तिमा जिल्लामा पत्रकारिता गरिरहेका कुनैपनि व्यक्ति लाईन लागेर पैसा लिन या खान मन्थली नगरपालिकामा नगएको स्पष्ट पार्दै यदि कोहि पत्रकार खान र लिनका लागि नगरपालिकामा गएको भए तीनका नाम सार्वजनिक गर्न चुनौति दिन चाहन्छौं भनिएको छ । नगर सभामा पत्रकारहरुलाई नबोलाउने तर लाजै नमानी आएनन् भनेर आफ्नो हैसियत र सार्वजनिक पदको गरिमा लाई समेत विर्सेर पत्रकार र पत्रकारिता पेशा प्रति अपमान गर्ने नगर प्रमुखको उक्त भनाई प्रति घोर भत्र्सना गर्दछांै विज्ञप्ति मार्फत भनेका छन्।
पत्रकारहरु पेशागत मर्यादा र तोकिएको आचारसंहिता बमोजिम आफ्नो धर्म निर्वाह गर्ने कुरामा सदैब सचेत र सतर्क छन् ,कुनैपनि राजनीतिक दल या जनप्रतिनिधिलाई आँच पुग्ने गरी यस अघि कुनै कार्य नगरेको हाम्रो दावि छ , पेशागत मर्यादामा रही कलम चलाउने पत्रकारहरुलाई जे मनमा लाग्छ त्यहि बोल्ने र तल्लो स्तरमा झरेर गालीगलौज गर्ने अधिकार जनप्रतिनिधी लगाएत कोहि कसैलाई नभएको कुरा समेत स्मरण गराउन चाहन्छौं जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विकास निर्माण र कानुन सुधारमा सरकार प्रतिबद्ध मन्त्रीद्वय

विकास निर्माण र कानुन सुधारमा सरकार प्रतिबद्ध मन्त्रीद्वय

सरकारका मन्त्रीहरूले विकास निर्माणका कार्यलाई द्रुत गतिमा अघि बढाउन र विद्यमान कानुनहरूलाई जनमुखी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।जिल्ला प्रशासन कार्यालय रामेछापमा शनिबार आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै कानुन मन्त्री सोविता गौतम र भौतिक मन्त्री सुनिल...

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

मन्थली, रामेछाप। प्रेस चौतारी नेपाल रामेछापद्वारा स्थापित ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेललाई प्रदान गरिएको छ। प्रेस चौतारी नेपाल रामेछापले ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार मन्थलीमा आयोजित विशेष...

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

रामेछाप, ६ साउन। रामेछापको लिखुतामाकोशी गाउँपालिका–२ पुलुमा कटहर टिप्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–३ घर भई हाल लिखुतामाकोशी गाउँपालिका–२ पुलुस्थित आफ्नी सानिआमा लिलामाया...