रामेछाप ट्राफिकले एक वर्षमा सवारी कारबाहीबाट संकलन गर्‍यो ३२ लाखभन्दा बढी राजस्व

७ श्रावण २०८२, मंगलवार

रामेछाप । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले आर्थिक वर्ष २०८१/८२ को एक वर्षको अवधिमा सवारी कारबाहीबाट ३२ लाख ७८ हजार २ रुपैयाँ राजस्व संकलन गरेको छ। ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न सवारी साधनहरूलाई कारबाही गर्दै सो राजस्व संकलन गरिएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी सहायक निरीक्षक सुवासचन्द्र मण्डलका अनुसार १२ महिनाको अवधिमा ३ हजार ३० वटा सवारी साधनहरूलाई ट्राफिक नियम विपरीत संचालन गरेको आरोपमा कारबाही गरिएको हो। तीमध्ये सबैभन्दा धेरै कार, जिप, भ्यान र मोटरसाइकल कारबाहीमा परेका थिए।

कार्यालयको तथ्यांकअनुसार गत साउन महिनामा २४२ वटा सवारी कारबाहीबाट ३६ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको थियो भने भदौ महिनामा ३१३ सवारी कारबाहीबाट २ लाख ९३ हजार रुपैयाँ उठाइएको थियो। यस्तै, असोजमा २४१ सवारीबाट २ लाख ७० हजार २ सय, कात्तिकमा २८४ सवारीबाट ३ लाख ३० हजार ५ सय, मंसिरमा २१२ सवारीबाट २ लाख ३० हजार ५ सय, र पुसमा २०९ सवारीबाट २ लाख २५ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको थियो।

त्यस्तै, माघमा १८९ सवारी कारबाहीबाट २ लाख १ हजार, फागुनमा २१५ सवारीबाट २ लाख ३४ हजार ५ सय, चैतमा २४४ सवारीबाट ३ लाख ३ हजार, वैशाखमा २६५ सवारीबाट ३ लाख १५ हजार, जेठमा ३१९ सवारीबाट ३ लाख ३६ हजार ५ सय र अन्तिम महिनामा असारमा २९७ सवारी कारबाहीबाट ३ लाख १ हजार रुपैयाँ संकलन भएको थियो।

जिल्ला ट्राफिक कार्यालयका अनुसार पछिल्ला वर्षहरूमा सवारी चालक तथा यात्रुहरू ट्राफिक नियममा बढी सचेत भएकोले कारबाहीको सङ्ख्या घटेको छ। कारबाही घटेपछि राजस्व संकलन पनि अघिल्ला वर्षको तुलनामा कमी आएको हो।

विगत तीन आर्थिक वर्षको तुलनामा चालू वर्षमा सबैभन्दा कम सवारी कारबाही र राजस्व संकलन देखिएको छ। आर्थिक वर्ष २०७८/७९ मा ११ हजार ८५० सवारी कारबाहीबाट १ करोड ७ लाख ४५ हजार रुपैयाँ राजस्व संकलन गरिएको थियो। त्यसपछि आर्थिक वर्ष २०७९/८० मा ८ हजार ८०८ सवारीबाट ८० लाख ५९ हजार र २०८०/८१ मा ८ हजार ८०९ सवारीबाट ८१ लाख ४० हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको थियो।

चालू आर्थिक वर्ष २०८१/८२ मा भने कारबाहीमा परेका सवारीको सङ्ख्या घटेर ३ हजार ३० मा झरेको छ। ट्राफिक कार्यालयले यसलाई सकारात्मक संकेतको रूपमा लिँदै नियम पालना गर्ने प्रवृत्ति बढ्नु सुखद पक्ष भएको बताएको छ।

ट्राफिक प्रमुख मण्डलले अब ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन प्रविधिमैत्री प्रणाली, नियमित ट्राफिक शिक्षा तथा सचेतना कार्यक्रममार्फत नियम पालना गराउने रणनीति अघि बढाइने बताए।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कर्मचारीमाथि हातपात भएपछि खाँडादेवी गाउँपालिकाको कामकाज ठप्प; आरोपी प्रहरी नियन्त्रणमा

कर्मचारीमाथि हातपात भएपछि खाँडादेवी गाउँपालिकाको कामकाज ठप्प; आरोपी प्रहरी नियन्त्रणमा

रामेछापको खाँडादेवी गाउँपालिकामा कार्यरत प्राविधिक कर्मचारीहरूमाथि कार्यालय परिसरभित्रै भएको कुटपिट र अभद्र व्यवहारको विरोधमा सम्पूर्ण प्रशासनिक तथा प्राविधिक सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ। स्थानीय खानेपानी योजनाको मूल्याङ्कनका क्रममा वास्तविक काम अनुसार मात्र...

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

रामेछाप । गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६३ करोड ५ लाख २० हजार २ सय ७६ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाको १९ औँ गाउँसभामा उपाध्यक्ष उषा देवी कार्की द्वारा प्रस्तुत बजेटले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खानेपानी तथा...

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा सञ्चालन गरिएको ७ दिने उद्घोषण सम्बन्धी तालिम सम्पन्न भएको छ। वडाका युवायुवतीहरूको क्षमता विकास तथा सार्वजनिक कार्यक्रममा प्रभावकारी रूपमा उद्घोषण गर्न सक्ने दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको...