बोधिचित्त माला किन्न आएको दाबी गर्दै डेढ करोड बोकेका चिनियाँ नागरिक नियन्त्रणमा

२५ असार २०८२, बुधबार

काठमाडौं । बौद्ध नयाँ बस्तीबाट डेढ करोड रुपैयाँ भन्दा बढी नगद सहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीले स्रोत नखुलेको १ करोड ४४ लाख रुपैयाँ सहित चिनियाँ नागरिक वाङ जियानलाई आइतबार राति नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार वाङको डेरामा राति १० बजेतिर छापा मार्दा ठूलो मात्रामा नगद फेला परेको थियो । प्रारम्भिक अनुसन्धानमा वाङले आफू बोधिचित्त माला खरिद गर्न नेपाल आएको बताएका छन्। प्रहरीका अनुसार बोधिचित्त खरिदको सिजन चलिरहेको भए पनि सो रकमको स्पष्ट स्रोत नखुलेपछि उनलाई नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी परिसरका एसपी अपिलराज बोहोराले वाङले बोधिचित्तको माला किन्न आएको दाबी गरे पनि रकम हुण्डी कारोबारबाट आएको हुनसक्ने अनुमान गरिएको जानकारी दिए । उनका अनुसार, “उनी अहिले नियन्त्रणमा छन्, रकमको स्रोत पुष्टि हुन बाँकी छ ।”
पक्राउ परेका वाङ जियान डेढ महिना अघि मात्र भिजिट भिसामा नेपाल आएका थिए र भिसा विजनेसमा परिवर्तन गर्ने तयारीमा रहेको बताइएको छ । प्रहरीले जिल्ला अदालत काठमाडौंबाट म्याद लिई विस्तृत अनुसन्धान गरिरहेको छ।
तिब्बती धर्मगुरु दलाई लामाले करिब एक दशकअघि बोधिचित्तको आध्यात्मिक महत्वबारे प्रवचन दिएपछि यसको माग चीनमा तीव्र रुपमा बढेको छ। त्यसयता नेपालका तामाङ समुदायको धार्मिक र वनस्पतिक महत्व बोकेको बोधिचित्त माला महँगो मूल्यमा बिक्री हुने वस्तुमा परिणत भएको छ। विशेषतः रसुवा, नुवाकोट र तिमाल क्षेत्रका बोधिचित्त स्रोतमा अवैध संलग्नता बढेको आरोपसमेत लाग्दै आएको छ ।
हाल पक्राउ परेका वाङ जियानको संलग्नता पनि यस्तै सञ्जालसँग जोडिएको हुनसक्ने आशंकामा प्रहरी अनुसन्धान तीव्र बनाइएको छ । रकमको स्रोत खुल्ने वा अन्तर्राष्ट्रिय सञ्जाल सँग सम्बन्ध देखिए थप कानुनी कारवाही अघि बढाइने प्रहरीले जनाएको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...