सुनापतिले सार्वजनिक सुनुवाई सम्पन्न

रामेछाप । सुनापति गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ अवधिमा सञ्चालन भएका विकास निर्माण र सेवा प्रवाहका बारेमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सोमबार सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँ पालिकाले प्रवाह गरिरहेको सेवा तथा विकास आयोजनाहरुको अवस्था आदीका बारेमा पालिकाका प्रमुख प्रशासकिय अधिकृत दीलकृष्ठ श्रेष्ठले जानकारी गराएका थिए ।
श्रेष्ठले चालु आर्थिक वर्षको साउनदेखि हालसम्म पालिका मार्फत संस्थागत विकास तथा सुशासनको क्षेत्रमा भएका कामहरू, आर्थिक तथा सामाजिक विकास, पूर्वाधार विकास, विपद् व्यवस्थापन र न्यायिक समिति लगायत विभिन्न क्षेत्रमा भएको प्रगति बारेमा पनि जानकारी गराएका थिए ।


नागरिक हरुको न्युन उपस्थिति रहेको उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि नागरीकहरुले विकास निर्माण शिक्षा,कृषि,खानेपानी, लगायतका विभिन्न विषयलाई लक्षित गरि प्रमुख र प्रमुख प्रशासकिय अधिकृत संग जवाफ माग गरेका थिए । नागरीकहरुले उठाएको प्रश्नको जवाफ पालिकाका प्रमुख ठुलो कान्छा तामाङ्ग, उपप्रमुख गिता विष्ट र प्रमुख प्रशासकिय अधिकृत दीलकृष्ण श्रेष्ठले दिएका थिए ।
गाउँपालिका प्रमुख ठुलो कान्छा तामाङ्गले पालिकाले गरेको कामहरुमा नागरीहरुले जति बेला र जुनसुकै समयमा पनि सुझाव दिन सक्ने भन्दै सम्वृद्ध सुनापति बनाउने कुरामा आफुहरुबाट कुनै पनि कमी कम्जोरी नहुने भन्दै त्यसको लागि सबै राजनितिक दल र नागरीकहरुको साथ र सहयोग अपरिहार्य रहेको पनि उनले बताए ।


प्रहार मिडिया प्रालिका तर्फबाट रामचन्द्र विक, कुमार श्रेष्ठ र कैलाश खत्रीले सहजीकरण गरेको उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा उपाध्यक्ष गिता विष्ट, वडा नम्बर १ देखी ५ वटै वडाका वडा अध्यक्षहरुले जिम्मेवार बक्ताको रुपमा आफनो धारणा राख्दै पालिकाको दिगो विकासर शुसासनका लागि आफुहरुले कुनै पनि कमि हन नदिने प्रतिवद्धता ब्यक्त गरेका थिए । सार्वजनिक सुनुवाई कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरे लगायत जिल्लाका मिडियाहरु ठुलो संख्यामा उपस्थिति रहेको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नमुना कार्यालय घोषणा मात्र होइन, गुणस्तरीय सेवा नै चुनौती’ – मन्त्री विन्दु श्रेष्ठ

नमुना कार्यालय घोषणा मात्र होइन, गुणस्तरीय सेवा नै चुनौती’ – मन्त्री विन्दु श्रेष्ठ

रामेछाप । बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री विन्दु श्रेष्ठले उद्योग तथा वाणिज्य कार्यालयलाई नमुना कार्यालय घोषणा गर्नु मात्र पर्याप्त नभई त्यसअनुसार गुणस्तरीय, प्रभावकारी र निरन्तर सेवा प्रवाह गर्नु नै मुख्य चुनौती रहेको बताएकी छन्। उद्योग तथा...

कर्मचारीमाथि हातपात भएपछि खाँडादेवी गाउँपालिकाको कामकाज ठप्प; आरोपी प्रहरी नियन्त्रणमा

कर्मचारीमाथि हातपात भएपछि खाँडादेवी गाउँपालिकाको कामकाज ठप्प; आरोपी प्रहरी नियन्त्रणमा

रामेछापको खाँडादेवी गाउँपालिकामा कार्यरत प्राविधिक कर्मचारीहरूमाथि कार्यालय परिसरभित्रै भएको कुटपिट र अभद्र व्यवहारको विरोधमा सम्पूर्ण प्रशासनिक तथा प्राविधिक सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ। स्थानीय खानेपानी योजनाको मूल्याङ्कनका क्रममा वास्तविक काम अनुसार मात्र...

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

रामेछाप । गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६३ करोड ५ लाख २० हजार २ सय ७६ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाको १९ औँ गाउँसभामा उपाध्यक्ष उषा देवी कार्की द्वारा प्रस्तुत बजेटले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खानेपानी तथा...