रामेछाप । केपी शर्मा ओली नेतृत्वको नेकपा रामेछापले बुधवार जिल्ला कमिटी पुर्नगठन गरी अध्यक्षमा आनन्द श्रेष्ठलाई चयन गरेको छ ।
नेकपाको पार्टी विभाजनसँगै अध्यक्ष मैनकुमार मोक्तान र सचिव शान्तिप्रसाद पौडेल प्रचण्ड–माधव नेपाल समुहमा लागेसँगै नेकपा रामेछापले जिल्ला कमिटी पुर्नगठन गरेको हो । उपप्रधानमन्त्री इश्वर पोखरेलको उपस्थितीमा सदरमुकाम मन्थलीमा भएको पार्टीको विस्तारीत बैठक र कार्यकर्ता भेलाले नेकपा रमोछापको जिल्ला अध्यक्षमा आनन्द श्रेष्ठ र सचिवमा पुरुषोत्तम कडरियालाई चयन गरेको हो ।
यसअघि सचिव कडेरिया प्रचण्ड–माधव पक्षमा लागेका थिए । कडेरीया बुधवार मात्रै प्रचण्ड–माधव पक्ष छाडेर ओली नेतृत्वमा आएका थिए । ओली पक्षमा आएकै दिन कडेरिया सचिवमा चुनिएका हुन् । मन्थलीमा भएको भेलाले यसअघिका पार्टी अध्यक्ष मयनकुमार मोक्तान र सचिव शान्तिप्रसाद पौडेल दुवैजनालाई हटाएको नेकपा रामेछापले जनाएको छ ।