वधशालाको अभावमा तामाकोशी नदिको किनार प्रयोग ः मन्थलीको मासु देखी पानी दूषित

मन्थली ः जिल्ला सदरमुकाम मन्थलीमा पशु वधशाला व्यवस्थित नहुँदा व्यवसायीहरूले तामाकोशी नदिको किनारलाई वधशालाको रूपमा प्रयोग गर्दै आएको छ । वधशालाको रूपमा तामाकोशी नदी प्रयोग भए सँगै नदिको किनार र मदिना बग्ने पानी पनि दूषित बनेको छ ।

जिल्ला सदरमुकाममा दुई दर्जन भन्दा बढी मासु पसल छन् । तर वधशाला व्यवस्थित नहुँदा  मासु पसलले चाहेर पनि स्वास्थ्यकर मासु बिक्री गर्न सकेका छैनन् । केही पसलले वधशाला व्यवस्थित गर्न खोजे पनि पर्याप्त हुन सकेको छैन ।  मासु व्यापारीले तामाकोसी नदी किनारमा पशु बध गर्ने गरेका छन् । मासुमा बालुवा, माटो टाँसिएर खानयोग्य नहुने, बध गर्नासाथ चिसो ठाउँमा राख्न नपाइने समस्या छ ।  नदी किनारलाई वधशालाका रूपमा प्रयोग गर्दा मन्थली विमानस्थलमा उड्ने विमानमा काग र गिद्ध ठोक्किने जोखिम बढेको छ ।  

नदीको पानी समेत दूषित र दुर्गन्धित बनाएको छ । नगरपालिकाले व्यवस्थित वधशाला नबनाइदिएका कारण नदी किनारमै बध गर्न बाध्य भएको मासु व्यवसायी पशुपति शाहीले बताए ।  उनले भने, ‘गत वर्ष नगरले तीन लाख छुट्टाएको थियो, त्यो पैसा कामै नगरी ‘फ्रिज’ भयो । हामीलाई ठाउँ खोज भन्नुहुन्छ, हामीले कहाँ खोज्ने ।’ 

तत्कालीन पशु सेवा केन्द्र र मन्थली नगरपालिकाले मन्थली–१ स्थित हाटे चउर नजिकै दश वर्षअघि वधशाला बनाएको थियो । त्यो वधशाला प्रभावकारी रूपमा सञ्चालन हुन सकेन । व्यवस्थित वधशाला नहुँदा सरसफाइ गरी फ्रिजमा मासु राखेर बिक्री गर्न नसकेको मासु व्यवसायी हजारसिं तामाङ बताए ।  ‘पशु बध गर्ने ठाउँमा न त पानीको सुविधा छ, न त फोहोर विसर्जन गनै ठाउँ नै’, उनले भने, ‘त्यसैले हामीले भुईँमै पशु बध गरेर मासु बेच्ने गरेका छौँ ।’   मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठले पशु वधशाला यसअघि बनाइदिएको तर सदुपयोग नभएको बताए । उनले मासु पसलेहरूसँग लागत साझेदारीमा उपयुक्त स्थान छनौट गर्न सके आगामी आर्थिक वर्षमा व्यवस्थित वधशाला निर्माण गरिने बताए। 

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

‘डोनाल्ड ट्रम्प’ उपनाम पाएको दुर्लभ भैँसी बलि हुनबाट जोगियो, अब चिडियाखानामा बस्ने

‘डोनाल्ड ट्रम्प’ उपनाम पाएको दुर्लभ भैँसी बलि हुनबाट जोगियो, अब चिडियाखानामा बस्ने

बङ्गलादेशमा आफ्नो सुनौलो रौँ र अनौठो स्वरूपका कारण "डोनाल्ड ट्रम्प" उपनाम पाएको एउटा दुर्लभ सेतो भैँसी अन्तिम समयमा बलि हुनबाट जोगिएको छ। करिब ७०० किलोग्राम तौल भएको यो भैँसीलाई ईद–उल–अजहाका लागि बिक्री गरिसकिएको थियो। तर, सामाजिक सञ्जालमा यसको भिडियो भाइरल भएपछि...

कर्मचारीको तलब १५ देखि ३० प्रतिशतसम्म बढ्ने: न्यूनतम ३५ हजार बनाउन सुझाव

कर्मचारीको तलब १५ देखि ३० प्रतिशतसम्म बढ्ने: न्यूनतम ३५ हजार बनाउन सुझाव

काठमाडौँ — सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारी कर्मचारीको तलब कम्तीमा १५ देखि अधिकतम ३० प्रतिशतसम्म बढाउने तयारी गरेको छ । लगातार तीन वर्षदेखि तलब वृद्धि नभएको र निजामती सेवा ऐनमा प्रत्येक दुई वर्षमा पुनरावलोकन गर्नुपर्ने व्यवस्था रहेकाले बालेन्द्र...

प्रदेश स्तरीय निबन्ध प्रतियोगितामा मन्थली माविकी छात्रा रिस्ता कार्की द्वितीय

प्रदेश स्तरीय निबन्ध प्रतियोगितामा मन्थली माविकी छात्रा रिस्ता कार्की द्वितीय

१८ औँ गणतन्त्र दिवस २०८३ को अवसरमा आयोजित बागमती प्रदेश स्तरीय खुला निबन्ध लेखन प्रतियोगितामा रामेछापको मन्थली माध्यमिक विद्यालयकी छात्रा रिस्ता कार्कीले द्वितीय स्थान हासिल गर्नुभएको छ। बागमती प्रदेश सरकार, शिक्षा विकास निर्देशनालयद्वारा “गणतन्त्र स्थापनाको १८ वर्ष:...