काठमाडौँ । ४७ हजार कर्मचारीका लागि केन्द्रीय तथ्याङ् विभागले करारमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । विभागले १२ औँ राष्ट्रिय जनगणना २०७८ का लागि गणक तथा सुपरीवेक्षकको दरखास्त आह्वान गरेको हो ।
विभाग द्वारा ३९ हजार गणक तथा ८ हजार सुपरीवेक्षकको माग भएको छ । राष्ट्रिय जनगणना सञ्चालक निर्देशिका २०७७ को दफा १३ बमोजिमको योग्यता पुगेका नेपाली नागरिकले सुपरीवेक्षक तथा गणकको लागि आवेदन दिन सक्ने विभागले जनाएको छ ।
इच्छुक व्यक्तिले ६० दिनभित्र अनलाइन दरखास्त फारम भर्नसक्ने बताइएको छ । सुपरिवेक्षकका लागि स्नातक तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्ने र गणकका लागि प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख छ । आगामी २०७८ जेष्ठ २५ देखि अषाढ ८ गते सम्म १२औं जनगणना हुँदै छ । जनगणनाको नारा ‘मेरो गणना, मेरो सहभागगिता’ रहेको छ ।
दरखास्तका लागि यहाँ क्लिक गर्नुहोस् ः
https://censushrms.cbs.gov.np/