१६ बर्षपछी न्याय पाएँ ः कांग्रेस नेता कार्की

Written by meropradesh creator

२ भाद्र २०७८, बुधबार

रामेछाप । नेपाली कांग्रेस रामेछापका सचिब लेख बहादुर कार्कीले आफुले १६ बर्ष पछी न्याय पाएको बताएका छन् । कार्कीले मंगलवार पत्रकारहरु संग कुरा गर्दै भने मलाई ठगी मुद्दामा अदालतले १६ वर्ष सम्म अन्याय गर्यो तर आज १६ पछि सफाइ दियो । ‘ हचुवाको भरमा दिएको मुद्दामा अदालतले समयमा फैसला नसुनाउदा मैले १६ बर्ष अन्यायमा दिन बिताए नेता कार्कीले भने । ढिला न्याय पाउनु भनेको अन्यायहुनु रहेछ उनले भने ‘मलाई नखाएको विष लाग्यो, त्यो सहकारीको निर्णायक पदमा पनि म थिइनँ म सदस्य मात्र थिए , बजारमा गरेको लगानी नउठेको कारण सहकारी डुबेछ , पैसा उठाउँदै फिर्ता गर्दै गर्ने क्रममा संस्थामा ताला लगाइएपछि केही बचतकर्ताको रकम फिर्ता गर्न बाँकी रहेछ ,आफु जिल्ला आएकोले यी सबै कुरा मलाई थाहा पनि भएन, न सहकारिमा समस्या आएको सबै कुरा थाहा भयो न म माथि मुद्दा परेको कुरा थाहा भयो, मुद्दा हाल्नेहरु अदालतमा प्रमाण लिएर आउन भन्दा पनि वयान दिन गएनछन् तर जिल्ला अदालतको फैसला पछि जेल बस्न पर्यो’, नेता बार्कीले भने ।
लगातार १६ वर्षसम्म आफूले अपमान र ठगको आरोप सहनु परेको कार्कीले बताए । ‘जेल बसियो, जरिवाना तिरियो, पार्टी भित्र, बाहिर र कतिपय सार्वजनिक स्थानमा समेत अपमानित हुनुपर्यो, कतिपय ठाउँमा बहिष्कृत समेत हुनुपर्यो’ भन्दै कार्कीले गुनासो सुनाए ।
सर्वोच्च अदालतको फैसला बमोजिम आफूले जरिवाना तिरेको रकम फिर्ता पाउने भए पनि जेल बस्दा भएको क्षति र मानसिक रुपमा अपमानित भए वापत पाउने क्षतिपूर्ति कसले दिने ? भन्दै उहाँले प्रश्न समेत गरे ।


कांग्रेस नेता कार्की काठमाडौंको एक सहकारी संस्थाको सञ्चालक समिति सदस्य रहेको बेला सहकारीको पैसा हिनामिना गरी सहकारी डुबाएको भन्दै कार्कीलगायत चार जनालाई गठी मुद्दा लागेको थियो । सो मुद्दामा कार्की सहित चार जनालाई काठमाडौं जिल्ला अदालतले २०६२ साल असार १४ गते जनही २ वर्ष जेल र ६ लाख ८२ हजार ५ सय ५२ रुपैँया जरिवाना सुनाएको थियो ।
द्वन्द्वको बेला भएको र आफू रामेछापमा नै रहेको कारण मुद्दा परेको कुरै थाहा नभएकोले आफूले प्रतिवादी समेत लगाउन नपाएको कांग्रेस नेता कार्कीले बताए । फैसला आएपछि थाहा पाएर २०६४ सालमा १३ महिना ११ दिन जेल बसी सजाय भुक्तानी र जरिवानाको रकम समेत तिरेर कार्की रामेछाप कारागारबाट छुटेका थिए ।
सो मुद्दामा २०६५ माघ १२ गते पुनरावेदन अदालत पाटनले आरोपी मध्ये चन्द्रबहादुर खड्कालाई १ लाख ३६ हजार ५ सय १० रुपैँया जरिवाना गर्ने र अन्यलाई भने जिल्ला अदालतकै फैसला सदर गर्ने फैसला सुनाएको थियो ।
त्यसका विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा न्यायाधीश तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको इजलासले कार्की लगायत चारै जनालाई सफाइ दिएको छ । संयुक्त इजलासले गत पुष १२ गते सो फैसला सुनाएको हो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पार्टी सभापति कान्छारामको कार्यशैलीको विरोध गर्दै सभापति देउवालाई ध्यानाकर्षण पत्र

पार्टी सभापति कान्छारामको कार्यशैलीको विरोध गर्दै सभापति देउवालाई ध्यानाकर्षण पत्र

रामेछाप । नेपाली काँग्रेस रामेछापका सभापतिको कार्यशैलीको विरोध गर्दै पदाधिकारीहरूले सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएको छ । ऊर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्रीसमेत रहेका जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले कार्यकालको सुरुवातीदेखि नै...

गौरीशङ्कर माविको ६१ औँ वार्षिकोत्सव

गौरीशङ्कर माविको ६१ औँ वार्षिकोत्सव

रामेछाप । गौरीशङ्कर माध्यमिक विद्यालयले ६१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला आयोजना गरेको छ । वार्षिकोत्सवको अवसरमा विद्यालयले आयोजना गरेको अभिभावक भेलामा शिक्षक तथा विद्यार्थीले विभिन्न प्रतिभा प्रस्तुत गरेका छन् । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै रामेछाप...

मन्थली नगर कप महिला तर्फको उपाधि भटौलीले हात पार्‍यो

मन्थली नगर कप महिला तर्फको उपाधि भटौलीले हात पार्‍यो

मन्थली । मन्थली नगर खेलकुद विकास समितिको आयोजनामा फागुन ३ गतेदेखि सुरु भएको प्रथम महिला नगर भलिबलको उपाधि मन्थली नगरपालिका वडा नं ७ भटौलीले जितेको छ । बुधवार भएको फाइनल खेलमा वडा नं १३ फुलासीलाई पराजित गराउँदै भटौलीले प्रथम महिला भलिबलको उपाधि जितेको हो ।विजेता...