बैतडी । दोगडाकेदार गाउँपालिका वडा नं–७ का वडा अध्यक्ष भरत महरालाई युवती लिएर होटलमा बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ ।
वडा अध्यक्ष महराले सोही वडाकै एक महिलासँग एक होटलमा शंङ्कास्पदमा रुपमा बसेको भन्दै वडा अध्यक्ष महराकी श्रीमतीले प्रहरीलाई खबर गरेपछि प्रहरीले उक्त होटलमा छापा मारेको थियो । प्रहरीले होटलमा छापा मार्दा अध्यक्ष महरा सहित एक युवतीलाई बिहिवार बिहान ३ः०० वजेको समयमा स्थानीय खोचलेक बजारको एक होटलको कोठावाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अघिकारीले जानकारी दिए ।
वडा अध्यक्ष महराले घरमा आफ्नो काम व्यस्तताले घरवाहिर छु भन्दै खवर गरेर गाउँकै एक महिलालाई साथमा लिएर होटमा वसेका थिए । वडा अध्यक्ष महरा घर नगएर एक महिलासँग होटलमा बसेको खबर थाहा पाएपछि स्थानियले वडा अध्यक्ष महराकी श्रीमतीलाई खवर गरेका थिए । सोही खवरका आधारमा अध्यक्ष महराकी श्रीमतीले प्रहरीमा खबर गरेकी थिइन ।
होटलका एक कोठामा बसेका अध्यक्ष र ती युवतीलाई जिल्ला प्रहरी कार्यालयमा झिकाइएको छ । उनीहरु होटलको कोठामा शंङ्कास्पद रुपमा भेटिएकाले थप अनुसन्धानको लागि जिल्ला ल्याउन लागिएको प्रहरी नायव उपरिक्षक अधिकारीले जानकारी दिए । उनले भने– नियन्त्रणमा लिएका दुवैजनालाई जिल्ला ल्याउँदै छौं। प्रहरी नियन्त्रणमा रहेका दुवैजनाले पार्टीको कामको सिलसिलामा एउटै कोठामा बसेको जनाएका छन् । यस बिषयमा थप अनुसन्धान गरेर कारवाही प्रक्रिया अघि वढाइने प्रहरीले जनाएको छ ।