कार्तिक ३०
जननी जन्मभूमिश्चः स्वर्गादपि गरियसिः ।
देशको देउता गाउँको भूत ।
देउतै बन्ने प्रयास गरेको हुँ ।
लिखु तामाकोशी गाउँपालिकामा २०७७ साल जेठ १ गतेदेखि हाजिर भई यो ६ महिने कार्याकाल बसाइमा मेरो पद अनुसारको कानुन बमोजिमको काम कर्तव्य र अधिकार पूरा गर्ने क्रममा मैले केही बिगारिदिएको छैन । सपार्न कति सकेँ त्यो यहाँका जनप्रतिनिधि, विभिन्न राजनीतिक दल, समाजसेवी विद्वत् वर्ग, नागरिक समाज, विकासका साझेदार सरकारी र गैर सरकारी सङ्घ संस्था, शिक्षक, पत्रकारमित्रहरु, सहकर्मी आत्मीय कर्मचारी र यहाँका युवा साथीहरु लगायत आम लिखु तामाकोशी गाउँपालिका र मेरो गृह जिल्ला रामेछाप जिल्ला बासी सरोकारवाला व्यक्ति, पक्ष र निकाय तथा आगामी भावी पुस्ता र पिँढीद्वारा मूल्याङ्कन हुने नै छ ।
देशको र लिखु तामाकोशी स्थानीय तहको नीति नियम र कानुन कार्यान्वयन गर्ने क्रममा प्रसिद्ध कानुनविद्को भनाइ अनुसार पनि कानुन निरस हुने भएकाले निरस अनि अलिकति कठोर र कडा भयो होला यसमा हाम्रो बाध्यता हो । त्यही अनुसार बुझी स्वीकारी दिनु होला ।
खुसीको कुरोः
लिखु तामाकोशी गाउँपालिकालाई संस्थागत गराई दिगो विकासमा टेवा पुर्याउन आगामी २० औँ वर्षलाई समेत पुग्ने गरी सामरिक महत्व बोकेका नीतिगत निर्णयहरु कार्यपालिकाबाट भएका छन् । ती सबैको योजनाबद्ध ढङ्गले कार्यान्वयन भई लिखु तामाकोशी गाउँपालिकाको विकासमा एक कदम अगाडि बढी फड्को मार्नेछ र देशको सुखी नेपालीः समृद्ध नेपालको दिगो सोँच सार्थक हुने कुरामा पूर्ण विश्वस्त छु ।
नीतिगत, कानुनी र संस्थागत हिसाबले गाउँपालिका दिगो र सक्षम हुनु जरुरी छ । यसर्थ चालू आर्थिक वर्षले लिएको नीति मजबूत छ । ३० भन्दा बढी लिखु तामाकोशी स्थानीय कानुन तर्जुमा भई राजपत्रमा प्रकाशित भइसकेका छन् र बाँकी आवश्यक कानुनको ड्राफ्ट भएको छ । आसा छ ती कानुन पनि आउँदो कार्यपालिका र गाउँसभाको हिउँदे अधिवेशनबाट स्वीकृत अनुमोदित तथा पारित भई राजपत्रमा प्रकाशित हुने नै छन् भने संस्थागत हिसाबले गाउँपालिकाको प्रशासकीय भवनका लागि जग्गा प्राप्ति समिति गठन भई प्राप्त हुने निश्चित भएर यहाँका पृथ्वीजस्तै विशाल छाती(ह्रदय भएका स्थानीयबासीद्वारा निःशुल्क जग्गा दानपत्र गर्ने महान् कर्म अन्तिम चरणमा पुगेको छ । ती महादानी स्थानीयबासीको न्यायोचित सम्मान र कदरका लागि रोजगारीका अवसरमा पहिलो प्राथमिकता र योगदानका आधारमा प्रशासकीय भवनको प्राङ्गणमा ताम्रपत्रमा सुनौला अक्षरको स्मारक गाउँपालिकाले राख्नेछ भन्ने मैले व्यक्तिगत रुपमा आसा र विश्वास लिएको छु ।
वडा नं.२ सैपु, वडा नं.३ काङ्वा, वडा नं।५ नागदहर वडा नं. ७ तिल्पुङको वडा कार्यालय भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भई बहुवर्षीय क्रमागत योजनाका रुपमा यसै वर्षबाट इ(बिडिङ मार्फत वडा कार्यालय प्रशासकीय भवन निर्माण कार्य शुभारम्भ हुने सुनिश्चित भएको छ । यी पुनित कार्यका लागि आदरणीय कार्यबाहक अध्यक्ष श्री दीपशिखा न्यौपाने दाहाल म्याम लगायत गाउँकार्यपालिका र गाउँसभाका सम्पूर्ण आदरणीय सदस्यज्यूहरुप्रति आभार प्रकट गर्दछु ।
बाटाघाटा चौडा र फराकिला भएका छन् । १२ महिनै यातायात सुचारु गराउन हरतरहले अनवरत लागि परिरहनु हुने आदरणीय वडा अध्क्षक्षज्यूहरुलाई यो विदाइ हुँदै गर्दाको क्षणमा विशेष धन्यवाद ।
अव्यवस्थित हाटबजार व्यवस्थापनको कार्य अगाडि बढेको छ । शैक्षिक गुणस्तर कायम गर्न विद्यालयहरु मर्जरको नीति कार्यान्वयन यसै आर्थिक वर्षमा सुनिश्चित भएको छ ।
धोबी बजार कालोपत्रे हुने भएको छ ।
रिक्त विषयगत प्राविधिक कर्मचारी यही मङ्सिर ८ गतेदेखि ११ गतेसम्म खुला प्रतिस्पर्धा मार्फत पदपूर्ति भई कृषि र पशु सेवामा रहेको रिक्तताको खडेरी परिपूर्ति भई गाउँपालिकाले लिएको कृषि पकेट विस्तार कार्यक्रम मार्फत कृषिमा आधुनिकीकरण, यान्त्रीकरण र बजारीकरणद्वारा गाउँपालिका आत्मनिर्भर बन्नेछ ।
१५ शैय्याको लिखु तामाकोशी अस्पताल नागीमा र काङ्वामा स्वास्थ्य चौकी निर्माणका लागि जग्गा दानपत्र मार्फत प्राप्त भई यसै वर्ष निर्माण कार्य सम्पन्न गरी स्वास्थ्य सेवा सुदृढीकरण हुने सुनिश्चित भएको छ । यसमा सरोकारवाला व्यक्ति, पक्ष र निकायलाई विशेष धन्यवाद ।
घर भाडामै लिएर भए पनि अफिस ले आउट सेवाग्राहीमैत्री बनाइएको छ । भएका कर्मचारीकै अनुभव, सीप, क्षमता र दक्षताको उपयोगबाट नै गाउँकार्यपालिकाको कार्यालय र विषयगत शाखा तथा वडा कार्यालयहरुमा विद्युतीय हाजिरी, इन्टरनेट लगायतको सूचनाको हक कायम गर्ने सुशासनका टुल्स स्थापित गर्ने क्रम अगाडि बढाइएको छ ।
दुःखको कुरोः
सरोकारवाला व्यक्ति, पक्ष र निकायसँगको समन्वयमा अलि कमी भयो भन्ने गुनासो सुनेँ । दुःख लाग्यो । धोबीबजारमा सर्वविदितै छस कमजोर टेलिफोन नेटवर्कको कारण भनेको बेला समयमै फोन सम्पर्क गर्न सकिनँ र समय अभावका कारण सरोकारवाला व्यक्ति, पक्ष र निकायसँग प्रत्यक्ष भेटवार्ता गरी उहाँहरुको सल्लाह सुझाव लिन सकिनँ । यसमा क्षमा दिनु नै हुनेछ भन्ने अपेक्षा गरेको छु ।
स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम तथा प्रदेश पूर्वाधार साझेदारी कार्यक्रम लगायत अन्य क्रमागत योजनाका रुपमा कार्यान्वयनमा रहेका १र२ वटा योजनाको कार्य सम्पन्न फरफारक गरी हिँड्न नभ्याएकोमा दुःख लागेको छ। यसमा क्षमाप्रार्थी छु ।
अन्तमाः
जसरी तीन वटा भुजा मिलेर एउटा सुन्दर समकोण त्रिभुज बन्छ वा जसरी इलेक्ट्रोन, प्रोटोन र न्युट्रोन मिलेर अजङ्गको पहाड फोर्ने एटम बम बन्छ त्यसरी नै लिखु तामाकोशी गाउँपालिकाका जनप्रतिनिध, स्थानीयबासी नागरिक जनता र कर्मचारीको समकोणात्मक आपसी मेलमिलाप, सहकार्य र सहअस्तित्वबाट तथा इलेक्ट्रोन, न्युट्रोन र प्रोटोनको फ्युजनबाट मात्र यहाँको समतामूलक विकास र समृद्धि सम्भव छ । यसले नै समन्यायिक समतामूलक समाज निर्माण हुनेछ । यो छिटै हुन सकोस् मेरो अन्तःस्करणदेखि नै शुभकामना ।
अन्तमा मेरो कार्यकाललाई सफल बनाउन सहयोग गर्नु हुने प्रतिनिधिसभा सदस्य, प्रदेश सभा सदस्य लगायत लिखु तामाकोशी गाउँपालिकाका आदरणीय अध्यक्षज्यू, उपाध्यक्षज्यू ९हाल कार्यवाहक अध्यक्षज्यू० स्थानीय जनप्रतिनिधि र सम्बोधन गर्न छुटेका स्वनामधन्य सम्पूर्ण सहयोगी मनहरुलाई विशेष आभार प्रकट गर्दै पाइलो मेटेर हिँडेको होइन अवसर मिलेमा पुनः गृह जिल्लाको सेवामा आउने प्रतिबद्धता व्यक्त गर्दै विदा हुन्छु ।
धन्यवाद
जय लिखु तामाकोशी गाउँपालिका