योमरी पुर्णिमाको अवसरमा मन्थलीमा बिबिध कार्यक्रम ः मिसा दबुको अध्यक्षमा सिता श्रेष्ठ चयन

१० पुष २०८०, मंगलवार

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा योमरी पुर्णिमाको अवसरमा रामेछापका नेवार समुदायले बिबिध कार्यक्रम आयोजना गरि मनाएको छ । नेवा दय दबू, नेवाःखल, मिसा दुबु र ल्याम बुचको सयुक्त आयोजनामा बिभिन्न कार्यक्रम सञ्चालन गरेको छ । नेवार समुदायले आफ्नो भाषा, कला, संस्कृतिक संरक्षण तथा विकासका लागी तालीम समेत सञ्चालन गरेको छ ।

उँधौली पर्व एवं योमरी पर्वको अवसरमातीनलाल पार्कमा संस्था सञ्चालन सहित १५ दिने ‘धिमे बाजा’ प्रशिक्षण कार्यक्रमको उद्घाटन समेत भएको छ । उक्त उद्घाटन समारोहमा दोलखा, सिन्धुली, काभ्रे, धादिङ जिल्लाका अध्यक्षहरुको समेत सहभागीता रहेको थियो । उक्त तालिमको अवसरमा १० जना सहयोगीलाई सम्मान समेत गरेको छ । गाइजात्रा सफल बनाउन १० हजार भन्दा बढी सहयोगगर्ने संस्था र व्यक्तीलाई कदर पत्र द्वारा सम्मान गरेको प्रमोद श्रेष्ठले जानकारी दिए । जातीय परम्परा अनुसार बिभिन्न प्रकारका नेवारी खाना सहित योमरी सहितको परिकार बनाएर सबै समुदाय एकै ठाउमा बसी खाएर पर्व मनाएका छन् ।

साथै सोहि अवसरमा नेवाः मिसा दबु जिल्ला कार्यसमिति समेत गठन गरेको छ । सर्वसम्मत सिता श्रेष्ठको अध्यक्षतामा १० सदस्य नेवा मिसा दबू गठन भएको हो । सिता श्रेष्ठको अध्यक्षतामा सबिता श्रेष्ठ,उपाध्यक्ष, शान्ता श्रेष्ठ, सचिब, मनिशा श्रेष्ठ, कोषध्यक्ष र वासना श्रेष्ठ, पुस्पा श्रेष्ठ,सुमिका श्रेष्ठ, सावित्रा श्रेष्ठ, मिना श्रेष्ठ,सिता श्रेष्ठ सदस्यमा चयन गरेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...